प्रचण्डका घरबेटीलाई पनि कारबाही गर्छु – मन्त्री श्रेष्ठ

उनले भने ‘‘कसको दाइ, कसको भाइ, को कसको भन्ने जान्दैनौँ, समयमा काम नसक्ने र अनियमितता गर्ने जोसुकै कारबाहीको दायरामा आउँछन्।’’

नेपालभ्युज

1290763955038193

काठमाडौं। उपप्रधान एवं भौतिक तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौँका सडकको अवस्थाबारे अनुगमन गरेका छन्। सडकका कारण जनतालाई सास्ती भएको गुनासो आएपछि उक्त समस्या समाधानमा ढिलाइ नगर्न समेत निर्देशन दिए।

काठमाडौँका लैनचौर लाजिम्पाट सोह्र खुट्टेलगायतका सडकमा निरीक्षण गर्दै मन्त्री श्रेष्ठले सडकमा मेलम्ची खानेपानी आयोजनाका कारण भएको हिलोलाई तत्काल व्यवस्थापन गर्न मन्त्री श्रेष्ठले निर्देशन दिए ।

विभिन्न आयोजनाहरूको ठेक्का लिएर समयमै काम नसकेको आरोप लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीलाई पनि कारबाही गर्नुहुन्छ ? भन्ने पत्रकारहरूको प्रश्नमा काममा अनियमितता गर्ने जोसुकैलाई कारबाही गरिने उनले बताए।

उनले भने ‘‘कसको दाइ, कसको भाइ, को कसको भन्ने जान्दैनौँ, समयमा काम नसक्ने र अनियमितता गर्ने जोसुकै कारबाहीको दायरामा आउँछन्।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved