कपाल सुन्दर बनाउने ६ खानेकुरा

नेपालभ्युज

कपाल सुन्दर बनाउने ६ खानेकुरा

एजेन्सी । हिजोआज मानिस तनावपूर्ण जीवन जिउन बानी परिसके । जसले गर्दा मानसिक तथा शारीरिक स्वास्थ्य पनि बिग्रिने गर्दछ । अत्यधिक तनाव लिँदा कपालमा पनि समस्या हुन्छ । कपाल कमजोर हुन थाल्छन् । साथै कपाल समय अघि नै फुल्ने तथा झर्न थाल्छन् । यदी तपाईं पनि प्राकृतिक रुपमै लामो, कालो तथा बाक्लो कपाल चाहनुहुन्छ भने यी चीजहरु दिनहुँ सेवन गर्न सक्नुहुन्छ ।

एभोकाडो

यसमा आवश्यक पोषक तत्व म्याग्नेशियम, पोटाशियम, क्याल्शियम, फस्फोरस, फोलेट आदि प्राप्त हुन्छन् । जो कपालको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । साथै भिटामिन ईं तथा एन्टी अक्सीडेन्ट गुण पनि प्राप्त हुन्छ । यस्ता तत्वहरुले कपाललाई पोषण प्राप्त हुन्छ ।
केरा

केरामा भिटामिन, पोटाशियम, प्राकृतिक तेल आदि पाइन्छ जसले कपालको वृद्धि गर्ने गर्दछ । साथै दुईमुखे कपालको समस्याबाट पनि छुट्कारा पाउन सकिन्छ । यसका साथै केरा सेवन गर्दा चाँयाको समस्या पनि समाधान हुन्छ ।
मेवा

मेवा पेटका लागि रामवाण औषधी हो । यसमा भिटामिन ए, सी, इ, एन्टीअक्सीडेन्ट जस्तो पोषक तत्वहरु प्राप्त हुन्छन् । जो कपालका लागि एकदमै फाइदाजनक हुन्छ । साथै यसले चायाँको समस्या समाधान गर्छ ।
भिटामिन सी भएका फल

कपालको उचित विकासका लागि दिनहुँ भिटामिन सी भरपूर मात्रामा सेवन गर्नुपर्छ । जसका लागि तपाईं सुन्तला, कागती जस्तो फलको सेवन गर्न सक्नुहुन्छ ।
भेँडे खुर्सानी

भेँडे खुर्सानीमा एन्टीअक्सीडेन्ट तथा भिटामिनहरु पाइन्छ । जसले कपालको विकास गर्ने गर्दछ ।
गाजर

गाजरमा भिटामिन ए प्रचुर मात्रामा पाइन्छ । जसले पनि कपालको विकास हुने गर्दछ । यस्ता चिजहरुले कपालको विकासमा मद्दत गर्दछन् । त्यसैले तपाईं आफ्नो कपाल स्वस्थ राख्नका लागि यस्ता खानेकुराहरु दिनहुँ सेवन गर्न सक्नुहुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved