लुम्बिनी सरकारले गर्‍यो मन्त्रालय घटाउने निर्णय

नेपालभ्युज

लुम्बिनी सरकारले गर्‍यो मन्त्रालय घटाउने निर्णय

बुटवल। लुम्बिनी प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ । यसअघिका मुख्यमन्त्री नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीले मन्त्रालयको संख्या बढाएर १३ पुर्‍याएका थिए ।

मुख्यमन्त्री लीला गिरीको अध्यक्षतामा बसेको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले एउटा मन्त्रालय घटाउने निर्णय गरेको हो ।

बैठकले सरकारको प्रवक्तामा मन्त्री चेतनारायण आचार्यलाई तोक्ने निर्णय गरेको छ । उनी नेकपा एमाले संसदीय दलका उपनेता हुन् ।

लुम्बिनी प्रदेशमा अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ, आन्तरिक मामिला, कानुन तथा सञ्चार,भौतिक पूर्वाधार, उर्जा, जलस्रोत तथा सिंचाइ, ग्रामीण, शहरी विकास तथा खानेपानी, स्वास्थ्य, सामाजिक विकास, उद्योग, पर्यटन तथा संस्कृति, वन तथा वातावरण, कृषि तथा सहकारी र श्रम, यातायात तथा भूमि व्यवस्था मन्त्रालय रहनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved