माघे संक्रान्ति नजिकिँदै गर्दा चाकु बनाउने चटारो (तस्वीरहरू)

चाकुले जाडो मौसममा शरीरलाई ताप र शक्ति दिनुका साथै सांस्कृतिक तथा धार्मिक रूपमा महत्त्वपूर्ण रहने भएकाले यसको महत्त्व अझ बढेर गएको छ । 

माघे संक्रान्ति नजिकिँदै गर्दा चाकु बनाउने चटारो (तस्वीरहरू)

काठमाडौं।  माघे संक्रान्ति नजिकिँदै गर्दा टोखा, पाटन, भक्तपुरलगायत विभिन्न स्थानका पुराना  चाकु व्यवसायीहरूलाई अहिले चाकु बनाउने चटारोले छोपेको छ । मकर (माघे) संक्रान्तिमा घिउ, चाकु खाने प्रचलनका साथै जाडोयाममा शरीरलाई न्यानो र ऊर्जा दिने भएकोले व्यवसायीहरूलाई मसिंरदेखि माघ महिनासम्म चाकु बनाउन भ्याइनभ्याइ हुन्छ ।

माघे संक्रान्ति आउनु केही दिनअघि नै बजारमा चाकु पर्याप्त मात्रामा पुर्‍याउनुपर्ने भएकाले मंसिर लाग्नासाथै बनाउन थालिने चाकु व्यवसायीहरू बताउँछन् ।

बदाम, किसमिसलगायत राखेर बनाइने स्पेसल तथा सुत्केरीका लागि हुने चाकु अर्डरअनुसार मात्र बनाउने गर्दछन् ।

नेवारी समुदायमा चाकुको सांस्कृतिक तथा धार्मिक महत्त्व रहिआए पनि हाल काठमाडौंभन्दा बाहिरका जिल्लाहरूमा पनि चाकुको माग बढ्दो  छ । चाकुले जाडो मौसममा शरीरलाई ताप र शक्ति दिनुका साथै सांस्कृतिक तथा धार्मिक रूपमा महत्त्वपूर्ण रहने भएकाले यसको महत्त्व अझ बढेर गएको छ ।

नेपाल भ्युजका सहकर्मी सुनील महर्जनले लिएका यी तस्वीरहरू ललितपुरको पाटनमा चाकु व्यवसायीहरूले बनाउँदै गर्दाको तस्वीरहरू हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved