एमालेका हावादारी कुरामा विश्वास नगर्न प्रधानमन्त्रीलाई माधव नेपालको सुझाव

नेपालभ्युज

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार  नेपालले प्रचण्ड नेतृत्वको सरकारलाई एमालेको हरेक कुरामा विश्वास नगर्न आग्रह गरेका छन् ।

अनेरास्ववियूको बधाई तथा सम्मान कार्यक्रममा सम्बोधन गर्दै नेपालले एमालेका हरेक कुरामा विश्वास गर्दा पछि फेरि धोका हुने बताएका हुन् ।

उनले भने, ‘हावादारी योजना बनाएर हुँदैन । कस्तो हुन्छ हावादारी यहाँ नभनौं कसैलाई घोच्ला ।’ आफैंलाई सर्वेसर्वा ठान्ने केपी ओली प्रवृत्ति रहेको भन्दै त्यसको पछि नलाग्न प्रधानमन्त्रीलाई सुझाव दिए ।

प्रतिनिधिसभा विघटन गर्न नहुने संविधानको व्यवस्थालाई अझै स्विकार नगर्ने ओलीले आफूलाई सुप्रिमो ठान्ने गरेको उल्लेख गर्दै नेपालले भने,’कमसेकम विगतमा गल्ती हुन पुग्यो भनेर महसुस भए त हुन्थ्यो । तर यो महसुस नै नगर्ने  मैले जे गरेँ, ठिक गरेँ । शिक्षा नलिने, नचेत्ने, त्रुटि भएको महसुस नगर्ने, अहंकार प्रर्दशन गर्ने, सबै कुराको ज्ञाता मै छु भन्ने ठान्ने, आफूलाई सुप्रिमो ठान्ने प्रवृत्ति देखिन्छ । वर्तमान प्रधानमन्त्री त्यस्तो नभईदिनु होला है । मेरो आग्रह छ ।’

उनले प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचार अन्त्य गरेर जनताको जीवनस्तर सुधार्ने लक्ष्यसहित आफूले विश्वासको मत दिएको नेपालले बताए । सरकारलाई विश्वासको मत दिनासाथ सत्ताधारी दल नहुने उनले दाबी गरे ।

नेपालले सरकारलाई विश्वासको मत दिए पनि रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved