टाउको चिलाउने समस्याबाट यसरी छुट्कारा पाउनुहोस्

नेपालभ्युज

टाउको चिलाउने समस्याबाट यसरी छुट्कारा पाउनुहोस्

एजेन्सी । टाउको चिलाउने समस्याका कारण मानिसहरु प्रायः चिन्तित हुन थाल्छन् । यसका पछाडि धेरै कारण हुन सक्छन् । जसमा चायाँ, कपाल सुक्खा हुने, फंगल इन्फेक्सन, तनाव, चिन्ता आदि पर्दछन् । यसबाहेक सेबोरेइक डर्मेटाइटिसका कारण पनि टाउको खुल्ला हुने समस्या हुन सक्छ ।

यदी तपाईलाई बिना कारण टाउकोमा धेरै चिलाउने समस्या छ भने यस्तो अवस्थामा तपाईंले केही प्रभावकारी उपायको सहारा लिन सक्नुहुन्छ । यसबाट टाउको चिलाउने समस्यालाई हटाउन सकिन्छ ।

टाउको चिलाउने समस्या हटाउन दही लगाउने गर्नुस् । दहीले टाउकोमा मालिस गर्दा चिलाउने समस्या हट्छ । यसका साथै कपालको चमक पनि बढ्छ । यदी तपाईंलाई धेरै नै चिलाउने समस्या छ भने हप्तामा दुईपटक दहीले आफ्नो टाउकोमा मालिस गर्न सक्नुहुन्छ ।

कपालमा प्याजको रस लगाएर पनि चिलाउने समस्या हटाउन सकिन्छ । यसका लागि प्याजबाट रस निकाल्नुहोस् । त्यसपछि कपासको सहयोगले प्याजको रस टाउकोमा लगाउने र आधा घण्टापछि आफ्नो कपाल कुनै स्याम्पुले धुने । यसले चिलाउने समस्याबाट छुट्कारा पाउन सकिन्छ ।

टाउको चिलाउने समस्याबाट आराम पाउनको लागि नीमको पातलाई पनि प्रयोग गर्न सकिन्छ । यसमा केही पानी हालेर राम्ररी उमाल्नुहोस् र त्यसलाई चिलाएको ठाउँमा लगाउने । यसो गर्दा टाउकाको चिलाउन समस्या हट्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved