कांग्रेस प्रमुख प्रतिपक्षको भुमिकामा सुरक्षित छः उपसभापति खड्का

नेपालभ्युज

कांग्रेस प्रमुख प्रतिपक्षको भुमिकामा सुरक्षित छः उपसभापति खड्का
फाइल तस्वीर

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेपाली काँग्रेसले अहिलेको परिस्थितिको मूल्यांकन गरेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको बताएका छन् ।

मंगलवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा पनि परिस्थितिको मूल्यांकन गरेर नै सरकारको समर्थन गरेको र अहिले पनि विशेष परिस्थिति रहेका कारण सरकारको समर्थन गरेको बताए ।

उनले भने, ‘२०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा पनि हामी प्रमुख प्रतिपक्षमा थियौँ । त्यो बेला पनि त्यसबेलको परिस्थितिलाई ध्यानमा राखेर हामीले विश्वासको मत दिएका थियौँ । त्यही अनुसार यस पटक पनि मुलुकको परिस्थितिको ध्यान राख्दै, परिस्थितिलाई बुझेर, हामीले विश्वासको मत दिएको हो, प्रमुख प्रतिपक्षको भुमिका सुरक्षित छ । बोलेरै भोट हालेका छौँ ।’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved