काठमाडौं महानगरपालिकाद्वारा साइकल र ठेलागाडामा व्यापार गर्न प्रतिबन्ध

नेपालभ्युज

काठमाडौं महानगरपालिकाद्वारा साइकल र ठेलागाडामा व्यापार गर्न प्रतिबन्ध

काठमाडौं। काठमाडौं महानगरपालिकाले साइकल र ठेलागाडामा व्यापार गर्न प्रतिबन्ध लगाएको छ । महानगरपालिकाले मंगलबार एक सूचना जारी गरी ठेलागाडा वा साइकलमा सामान राखेर व्यापार व्यवसाय गर्न रोक लगाएको हो ।

सडकपेटीमा अनधिकृत रुपमा व्यापार व्यवसाय गर्ने, निजी प्रयोगका सामग्रीहरु राख्ने, ठेलागाडा वा साइकलमा सामान राखी व्यापार व्यवसाय गर्ने लगायतको कार्य गरी सार्वजनिक आवागमनमा अनधिकृत रूपमा बाधा अवरोध पुगेको महानगरको सूचनामा उल्लेख छ ।

महानगरले निषेध गरेको कार्य नगर्न सचेत गराउने, कार्यमा संलग्न हुने व्यक्ति, संघसंस्था समेतलाई कानुन बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved