चितवनमा अवैधरूपमा सञ्चालित १८ क्रसर उद्योग बन्द

नेपालभ्युज

चितवनमा अवैधरूपमा सञ्चालित १८ क्रसर उद्योग बन्द

चितवन। चितवनका १८ क्रसर उद्योग बन्द भएका छन्। जिल्ला प्रशासनल कार्यालय चितवनले जिल्लामा रहेका १८ वटा क्रसर उद्योगलाई बन्द गराएको हो।

चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्गका अनुसार १३ वटा क्रसरलाई बन्द गराइएको हो । पाँचवटा उद्योग यसअघि नै बन्द भएका थिए।

जिल्ला प्रशासन कार्यालयले भरतपुर महानगरपालिका वडा नं. १ मा एक, वडा नं. २९ मा तीन, वडा नं. २६ मा एक क्रसर बन्द गराएको छ ।यस्तैं, खैरहनी नगरपालिकाका पाँच, रत्ननगर नगरपालिका. माडी नगरपालिका र कालिका नगरपालिकाका एक/एक, राप्ती नगरपालिकाका तीन र इच्छाकामना गाउँपालिकाका दुई वटा क्रसर बन्द गराइएको छ ।

बन्द गराइएका क्रसरमा दिइएको विद्युत लाइनसमेत काटिएको छ । क्रसर उद्योगलाई वैधानिकरूपमा सञ्चालन गर्न दर्ता, नवीकरणसहितका कागजात लिएर प्रशासनमा उपस्थित हुन भनिएको छ । ‘दर्ता नवीकरणसहितको मापदण्ड पुगेका क्रसर उद्योग मात्रै अब सञ्चालनमा आउँछन् नत्र बन्द हुन्छन्’, प्रमुख जिल्ला अधिकारी तामाङ्गले भने, ‘जथाभावी क्रसर चलाउन पाइँदैन ।’

उनले केन्द्रीय सरकारको निर्देशनअनुसार पुस २१, २२ र २३ गते अनुगमन गरिएको बताए । उनका अनुसार अधिकांश क्रसर उद्योगहरूसँग थप सञ्चालनका लागि वैधानिक कागजात पुग्ने अवस्था छैन । त्यसो नहुँदा क्रसरहरू बन्द नै हुने अवस्था देखिएको प्रमुख जिल्ला अधिकारी तामाङ्गले बताए ।

सरकारले केही विशेष निर्णय गरेको अवस्थामा बाहेक अधिकांश उद्योगहरू पुनः चल्ने अवस्थामा नरहेको उनको भनाइ छ ।


Comment

One thought on “चितवनमा अवैधरूपमा सञ्चालित १८ क्रसर उद्योग बन्द

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved