‘सिजनल भिसा’को नाममा नक्कली सूचना, ठगिए बेलायती दूतावास जवाफदेही नहुने

नेपालभ्युज

‘सिजनल भिसा’को नाममा नक्कली सूचना, ठगिए बेलायती दूतावास जवाफदेही नहुने

काठमाडौं। लन्डनस्थित नेपाली दूतावासले ‘युके सिजनल भिसा अन्तर्वार्ता मिति परिवर्तन बारेमा’ कुनै पनि आधिकारिक सूचना जारी नगरेको हुँदा उक्त झुटा सूचनालाई आधार मानी भिसा आवेदन नगर्न तथा नगराउन आग्रह गरेको छ ।

बेलायतमा मौसमी कामदार पठाउने बहानामा ठगी गर्ने गिरोहले दूतावासको लेटरप्याड र छाप प्रयोग गरी भिसा अन्तर्वार्ता मिति परिवर्तन भएको भन्ने सूचना सार्वजनिक भएपछि दूतावासले यस्तो सूचना जारी गरेको हो ।

नक्कली सूचनालाई आधार मानी वैदेशिक रोजगारीका लागि पहल गरी ठगिएमा दूतावास जवाफदेही नहुने भन्दै दूतावासको विज्ञप्तिमा सचेत हुन आग्रह गरिएको छ ।

बेलायत सरकारले सन् २०२३ का लागि ४० हजार मौसमी कामदार लिने निर्णय गरेको छ । गत वर्ष २० हजार विदेशी कामदार लगेको बेलायतले आगामी वर्षका लागि १० हजार कोटा थप गरेको छ । घण्टाको १२ दशमलव १९ पाउन्ड तलब पाउने कृषि तथा पोल्ट्रीफर्मका लागि शैक्षिक योग्यता तोकिएको छैन भने उमेर १८ वर्ष पुगेको हुनुपर्नेछ ।

तर, नेपालका केही व्यक्ति र गिरोहले ६ देखि १० लाखसम्म असुलेको घटनाहरू सार्वजनिक भएका छन् । सिजनल कामदारका लागि बेलायत सरकारले पाँचवटा बेलायती एजेन्सीलाई मात्रै अनुमति दिएको छ ।


Comment

One thought on “‘सिजनल भिसा’को नाममा नक्कली सूचना, ठगिए बेलायती दूतावास जवाफदेही नहुने

  1. मेरो पढाई छ कक्षा मात्रहो मेरो घर गाउँ मा हो म खेती किसानी गर्ने ब्यक्ति हो म सारै गरीब छु मलाई यो भिसा मिल्यो भने मेरो पनि भबीस् बन्ने थियो मेरो ठूलो छोरी ब्याजदर सेकेण्ड ईयर छोरो यघार सानो छोरी आठ मा मेरो पांच जनाको परीवार छ मलाई घर चलाउन अतिनै गारो भयको छ मेरो जन्म 2037/05/19अहीले डकर्मी काम गरी रहेको छु मलाई यो भीसा हुन्छ सर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved