चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहको प्रवेश परीक्षाका लागि अनलाइन आवेदन खुला

नेपालभ्युज

चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहको प्रवेश परीक्षाका लागि अनलाइन आवेदन खुला

काठमाडौं। चिकित्सा शिक्षा आयोगले स्नातक तहअन्तर्गतका कार्यक्रमहरूमा भर्नाका लागि अनलाइन आवेदन खुला गरेको छ ।

सम्पूर्ण विश्वविद्यालय, प्रतिष्ठान र अन्तर्गतका शिक्षण संस्थाहरूमा सञ्चालन हुने चिकित्सा शिक्षा स्नातक तह अन्तर्गतका विभिन्न शैक्षिक कार्यक्रमहरूमा विद्यार्थी भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षाका लागि आइतबारदेखि माघ २४ गतेसम्म अनलाइन आवेदन दिन सकिने आयोगले जनाएको छ ।

एकीकृत प्रवेश परीक्षा फागुन २४ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने आयोगले जनाएको छ । २४ गते एमबीबीएस, २५ गते बीडीएस र २६ गते बीएसस्सी नर्सिङ, बीएएसएलएपी, बी पर्फुसन टेक्नोलोजी कार्यक्रमको प्रवेश परीक्षा हुने जनाइएको छ ।

परीक्षाका लागि आवेदन शुल्क नेपालीका लागि चार हजार र विदेशीका लागि आठ हजार तोकिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved