उपरथी शाहीमाथि छानबिन हुँदै, प्रधानसेनापति शर्माले गरे कोर्ट अफ इन्क्वाइरी गठन

नेपालभ्युज

उपरथी शाहीमाथि छानबिन हुँदै, प्रधानसेनापति शर्माले गरे कोर्ट अफ इन्क्वाइरी गठन

काठमाडौं। सेनाका उपरथी प्रेम प्रकाश शाहीमाथि छानबिन गर्न कोर्ट अफ इन्क्वाइरी गठन गरिएको छ ।

प्रधान सेनापति प्रभुराम शर्माले उपरथी बाबुराम श्रेष्ठको नेतृत्वमा कोर्ट अर्फ इन्क्वाइरी गठन गरिएको नेपाली सेनाका एक उच्च अधिकारीले बताए ।

इक्वाइरी टिमका संयोजक श्रेष्ठ सेनामा प्रेम शाही भन्दा जुनियर हुन् ।

पुस १९ मा शाहीलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको थियो । शाहीलाई अहिले भद्रकालीस्थित सैनिक प्रहरी गणको हिरासतमा राखिएको छ ।

बुढानीलकण्ठ नगरपालिकास्थित चपलीमा रहेको उनको घरमा सेनाले पुस २१ मा छापा मारेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved