कांग्रेस संसदीय दलको बैठक आज बस्दै

नेपालभ्युज

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौं। नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। दिउँसो १ बजे सिंहदरबारमा संसदीय दलको बैठक बोलाइएको सांसद सन्तोष चालिसेले जानकारी दिए ।

दलको बैठकमा प्रतिनिधि सभाको पहिलो बैठकमा कसरी प्रस्तुत हुने, संसदमा प्रधानमन्त्रीलाई विश्वासको मतको कार्यक्रममा कांग्रेसले खेल्ने भूमिका लगायतबारे छलफलका लागि बैठक बोलाइएको सांसद चालिसेले जानकारी दिए ।

यही पुस २५ गते प्रतिनिधि सभाको पहिलो बैठक बस्दैछ भने पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत लिने कार्यक्रम रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved