चाँगुनारायण जात्रामा उपराष्ट्रपति पुन

नेपालभ्युज

चाँगुनारायण जात्रामा उपराष्ट्रपति पुन

काठमाडौं । पौष शुक्ल पूर्णिमाको दिन मनाइने चाँगुनारायण यात्रा काठमाडौंमा आज मनाइएको छ । शुक्रवार पौष शुक्ल पूर्णिमाको दिन मनाइने चाँगुनारायण यात्रा, माटोको भाँडा फुटाउने जात्रा सांस्कृतिक कार्यक्रमसहित मनाइएको हो ।

चाँगुनारायण यात्राको दर्शन गर्न उपराष्ट्रपति नन्दबहादुर पुनसमेत हनुमान ढोका पुगेका थिए । उनले हनुमान ढोकास्थित तलेजु भवानीको दर्शन एवं प्रसाद ग्रहणसमेत गरेका थिए । सो अवसरमा बोल्दै तारिणी मखन क्लबका अध्यक्ष राजन महर्जनले लिच्छिवीकालदेखि सुरु भएको जात्रा लोप हुँदै गएकाले यसको संरक्षणका लागि मेला आयोजना गरेको बताए ।

उनका अनुसार परापूर्वकालमा चाँगु नारायण यात्राका लागि भक्तपुरबाट निस्किएको र हनुमान ढोका आएपछि त्यहाँका राजाले देवता हिँड्नुभयो भन्ने ठानेर हाँडी फुटाएर रोकेको किंवदन्ती छ । हाँडी फुटाएपछि चाँगु नारायणले मलाई अशुभ भयो अब म कतै जानु हुँदैन भनेर तलेजु भवानीको मन्दिरमा पसेको किंवदन्ती छ । मेलाको अवसरमा उपराष्ट्रपति पुनले कुमारीको समेत पूजाअर्चना गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved