पाल्पामा बस दुर्घटना, ६ जनाको घटनास्थलमै मृत्यु, १८ घाइते

नेपालभ्युज

पाल्पामा बस दुर्घटना, ६ जनाको घटनास्थलमै मृत्यु, १८ घाइते

काठमाडौं । पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ८ मा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । १८  जना घाइते भएका छन् ।

रुपन्देहीको सालझण्डीबाट पाल्पाको खुर्सानेतर्फ जाँदै गरेकाे श्रीनगर यातायात समितिको ग १ ख ४९७७ नम्बरकाे बस राति १० बजेतिर धार्तिगैरा भन्ने स्थानमा पल्टिएको हो ।

६ जनाको घटनास्थलमै मृत्यु भएको र १५ जना घाइतेलाई उपचारका लागि प्रादेशिक अस्पताल बुटवल पठाइएको उद्धारमा खटिएका प्रहरी निरिक्षक श्रीराम भट्टले जानकारी दिए ।

भट्टका अनुसार मृतक सबै महिला हुन् तर उनीहरुको सनाखत भएको छैन । बसमा २४  जना सवार रहेको बताइएको छ । घाइते सबै बोल्ने अवस्थामा रहेको भट्टले जानकारी दिए ।

दुर्घटनास्थल सत्यवती-सालझण्डी-सन्धिखर्क सडक अन्तर्गत पर्दछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved