एक करोडको अवैध औषधि सहित पक्राउ परे हुसैन

एक करोडको अवैध औषधि सहित  पक्राउ परे हुसैन

पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले आज वीरगञ्जको छपकैयाबाट रु एक करोड ३४ लाखभन्दा बढीको अवैध औषधि तथा मदिरासहित एकजनालाई पक्राउ गरेको छ ।

वीरगञ्ज–२ छपकैयास्थित श्रीराम पिक्चर प्यालेस पछाडि रोकी राखेको ना ६ ख ७२६ नम्बरको मालवाहक कन्टेनरबाट औषधि तथा घरेलु मदिरासहित वीरगञ्ज–३० प्रसौनीका सदाम हुसैनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

हुसैनलाई आवश्यक कारबाहीका लागि राजस्श्व अनुसन्धान कार्यालय पथलैयालाई बुझाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved