‘साँढे घिसारेको’ प्रचारबारे सिद्धार्थनगर नगरपालिका बोल्यो, यस्तो रहेछ तथ्य

नेपालभ्युज

‘साँढे घिसारेको’ प्रचारबारे सिद्धार्थनगर नगरपालिका बोल्यो, यस्तो रहेछ तथ्य

काठमाडौं । बुधबारबाट सामाजिक सञ्जालमा सिद्धार्थनगर नगरपालिकाले ट्रकको पछाडि साँढे बाँधेर घिसारेको भन्दै एउटा तस्बिर भाइरल भयो ।

पशु अधिकारकर्मी लगायत धेरैले नगरपालिकाको कदमको विरोध गरे । मानवता मर्दै गएको भन्दै धेरैले आक्रोश व्यक्त गरे । तर, उक्त दृश्यमा देखिएजस्तै साँढेलाई बाँधेर नघिसारिएको सिद्धार्थनगर नगरपालिकाले स्पष्ट पारेको छ ।

विहीबार नगरपालिकाको कार्यालयले एक विज्ञप्ति जारी गर्दै उक्त तस्बिरसँग जोडिएको घटनाबारे स्पष्ट पारेको हो । नगरपालिकाले लामो समयदेखि नगरपालिका क्षेत्रमा छाडा छाडिएको पशुचौपायाको कारण नगरबासीको दैनिकीमा परेको असर तथा सवारी दुर्घटना न्यूनीकरण गर्न यसलाई व्यवस्थापन गरिरहेको जनाएको छ ।

३ पुसदेखि नगरभित्र रहेका छाडा पशु चौपायाहरूलाई नगरको देवकोटा चोकस्थितर अस्थाई कान्जीहाउसमा होल्ड गरी पश्चिम परासीको बर्दघाट स्थित राष्ट्रिय गौ संरक्षण तथा अनुसन्धान केन्द्रमा व्यवस्थापन गर्दै आइरहेको जनाएको छ ।

भएको के हो ?

‘२० पुस २०७९ गते सम्म जम्मा १२३ वटा छाडा पशुचौपाया राष्ट्रिय गौ संरक्षण तथा अनुसन्धान केन्द्रमा व्यवस्थित गरी सकिएको छ,’ नगरपालिकाको विज्ञप्तिमा भनिएको छ ।

नगरपालिकाको प्राङ्गणभित्रै चार दिनसम्म राखिएको गोरुलाई अस्थायी कान्जी हाउससम्म लैजाने क्रममा नगरपालिका कार्यालयको भवनबाट करिब ६०/७० मिटरपछि साँढे हिंड्न छाडेको र सडकमा सुतेकोले उठाउन डोरीले बाँधेर ट्रकले तानेको नगरपालिकाले स्पष्ट पारेको छ ।

सोही बेलाको तस्बिरलाई सामाजिक सञ्जालमा राखी भाइरल बनाइएको महानगरले दाबी गरेको छ ।

हेर्नुहोस् नगरको वक्तव्य-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved