साँढेलाई ट्रकमा बाँधेर घिसार्दै लगेको भन्दै नगरपालिकाको विरोध

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले छाडा साँढेलाई जिउँदै ट्रकमा बाँधेर घिसारेर लगेपछि स्थानीयले विरोध जनाएका छन्। नगरपालिकाविरुद्ध स्थानीयले कानुनी कारबाहीको समेत माग गरेका छन्।

नेपालभ्युज

साँढेलाई ट्रकमा बाँधेर घिसार्दै लगेको भन्दै नगरपालिकाको विरोध

काठमाडौं। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले छाडा साँढेलाई जिउँदै ट्रकमा बाँधेर घिसारेर लगेपछि स्थानीयले विरोध जनाएका छन्।

नगरपालिकाविरुद्ध स्थानीयले कानुनी कारबाहीको समेत माग गरेका छन्।

सिद्धार्थनगर नगरपालिकाका नगर प्रहरीले बुधबार साँझ साँढेलाई रक्ताम्मे हुने गरी घिसार्दै लगेका थिए। सो फोटो भाइरल छ।
भाइरल फोटोमा लु १ ग ३६२ नम्बरको ट्रकको पछाडि बाँधेर साँढे लगिरहेको देखिन्छ। उक्त तस्बिर अहिले सामाजिक सञ्जालमा सेयर गर्दै कतिपयले अमानवीय भन्दै भर्त्सना गरिरहेका छन्।

उनीहरूले कारबाहीको समेत माग गरेका छन्। यही विषयमा मेयर इस्तियाक अहमद खानविरुद्ध बिहीबार बिहान नाराबाजीसमेत भएको छ।


Comment

2 thoughts on “साँढेलाई ट्रकमा बाँधेर घिसार्दै लगेको भन्दै नगरपालिकाको विरोध

  1. त्यहॉको नगर प्रमुखलाई र ट्रक ड्राइभरलाई पनि त्यसरीनै बॉढेर घिसार्दै लैजान जोडदार माग गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved