जब सिउँदो भरेर दीपकसँग भालेश्वर मन्दिर पुगिन् दीपाश्री

दीपकराज गिरी र दीपाश्रीसँगको भिडिओलाई भालेश्वर मन्दिरका पुजारी विदूर न्यौपानेले टिकटकमा पोस्ट गरेका हुन्। भिडिओमा दीपाश्रीलाई सिन्दूर लगाएर रातो सारीमा सजिएको देख्न सकिन्छ।

नेपालभ्युज

जब सिउँदो भरेर दीपकसँग भालेश्वर मन्दिर पुगिन् दीपाश्री

काठमाडौं। अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला सिउँदोमा सिन्दूर भरेर चन्द्रागिरि पुगेपछि भाइरल बनेकी छिन्। सहकर्मी दीपकराज गिरीसँग चन्द्रागिरि डाँडामा रहेको भालेश्वर महादेवको मन्दिर पुगेपछि भिडिओ भाइरल बनेको हो।

दीपकराज गिरी र दीपाश्रीसँगको भिडिओलाई भालेश्वर मन्दिरका पुजारी विदुर न्यौपानेले टिकटकमा पोस्ट गरेका हुन्।
भिडिओमा दीपाश्रीलाई सिन्दूर लगाएर रातो सारीमा सजिएको देख्न सकिन्छ। कतिपयले यो कुनै फिल्मको छायांकन हुन सक्ने अड्कल काटेका छन्। तर, सो अनुमान सही भएको उनीहरू निकटका व्यक्तिहरू बताउँछन्।

निर्माण पक्षका अनुसार फागुन १९ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘छक्कापञ्जा ४’को गीत सुटिङका लागि दीपक र दीपा चन्द्रागिरि गएका थिए। भालेश्वरका पुजारी न्यौपानेले चन्द्रागिरि पुग्ने सेलिब्रिटीसँग टिकटक भिडिओ बनाइरहन्छन्। सोही क्रममा यो भिडिओ बनाएको उनले बताए।

हेमराज बिसीको निर्देशनमा छायांकन भइरहेको फिल्म ‘छक्का पन्जा ४’को छायांकनसँगै पोस्ट प्रोडक्सनको काम पनि भइरहेको छ। फिल्मको केदारप्रसाद घिमिरे र निर्मल शर्मा कार्यकारी निर्माता छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved