एकीकृत समाजवादीको ताल : हाँस न कुखुराको चाल !

एकीकृत समाजवादीले न हाँसको न कुखुृराको चाल गरेर धेरै दिन आफ्नो अस्तित्व जोगाउन सक्दैन । कम्तीमा एक भिन्नै र शक्तिशाली पार्टीका रूपमा यसको विकास हुनै सक्दैन । यदि हुन सक्दछ भनेर मान्ने हो भने पनि त्यसका लागि एक भिन्नै प्रकारको त्याग, समर्पण, प्रतिबद्धता र संघर्ष चाहिन्छ, त्यो यसका नेता कार्यकर्तामा देखिन्न ।

एकीकृत समाजवादीको ताल : हाँस न कुखुराको चाल !

काठमाडौं । दुईजना पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनालले नेतृत्व गरिरहेको दल नेकपा (एकीकृत समाजवादी) ले चुनावमा संघीय प्रतिनिधि सभाको ३ प्रतिशतको ‘थ्रेसहोल्ड’ भेट्न सकेन । तर, ७ मध्ये गण्डकीबाहेक सबै प्रदेशमा १.५ प्रतिशतको थ्रेसहोल्ड काट्न सक्यो ।

यो पार्टीले प्रत्यक्षतर्फ संघीय प्रतिनिधि सभामा १० सिट जित्यो, त्यो पनि गठबन्धनको भरमा । गठबन्धनमा पाएका सबै १९ सिट जित्न सकेको भए, यो पार्टीको गणितीय हैसियत नयाँ संसद्‌मा राम्रै हुन्थ्यो ।

प्रदेशसभातर्फ भने गण्डकीबाहेक सबैमा यसले प्रादेशिक थ्रेसहोल्ड काटेको छ । प्रत्यक्षतर्फ १५ र समानुपातिकतर्फ ९ गरी जम्मा २५ प्रदेशसभा सदस्य जितेको छ । सबैभन्दा बढी मधेश प्रदेशबाट ५.४६ प्रतिशत मत ल्याएको छ भने दोस्रो मत बाग्मती प्रदेशबाट ३.५२ प्रतिशत मत ल्याएको छ ।

यदि बन्दै गरेको एक नयाँ पार्टीका रूपमा यसलाई लिने हो भने यो खासै निरासाजनक परिणाम हैन । तर, यो पार्टीको पृष्ठभूमिले त्यसरी बुझ्ने सुविधा दिँदैन । माधवकुमार नेपाल र झलनाथ खनाल पूर्वप्रधानमन्त्री मात्रै हैनन्, हिजो एमालेको मूल नेतासमेत रहिसकेका व्यक्ति हुन् ।

नेपालले करिब १५ वर्ष एमालेको नेतृत्व गरेका थिए भने खनाल भूमिगतकालको समेत गरी ३ कार्यकाल यो पार्टीको प्रमुख नेता रहे ।

ओलीको कदम सर्वोच्च अदालतले दुवै पटक खारेज गरी प्रतिनिधि सभा पुनर्स्थापित गरेको थियो । अर्थात् ओली र नेपाल–खनाल समूहबीचको राजनीतिक संघर्षमा वैचारिक आधार ओलीको भन्दा खनाल–नेपालको बलियो थियो तथापि यो समूहले उल्लेखनीय र सम्मानजनक मत पाएन ।

एमाले पार्टी केपी शर्मा ओलीले कब्जा गरी नेपाल– खनाल समूहले पार्टी छोड्न परेको स्थितिको निक्कै बलियो र गहकिलो कारण थियो । ओलीको दुई-दुई पटकको असंवैधानिक संसद्‌ विघटनलाई चुनौती दिने क्रममा पार्टी विभाजित भएको थियो ।

ओलीको कदम सर्वोच्च अदालतले दुवै पटक खारेज गरी प्रतिनि धिसभा पुनर्स्थापित गरेको थियो । अर्थात् ओली र नेपाल-खनाल समूहबीचको राजनीतिक संघर्षमा वैचारिक आधार ओलीको भन्दा खनाल-नेपालको बलियो थियो तथापि यो समूहले उल्लेखनीय र सम्मानजनक मत पाएन ।

यसो हुनु पछाडिका दुई मुख्य कारण थिए । पहिलो त नेपाल-खनाल समूहले आफ्नो नैतिक आधारलाई जोगाइ राख्न सकेन । ‘चीचीको पनि लोभ, पापाको पनि लोभ’ भनेजस्तो सत्ता राजनीतिको सामान्य खेलमा उसरी नै सामेल भए, जसले गर्दा जनता र मतदाताप्रति कुनै नयाँ आकर्षण पैदा भएन ।

दोस्रो, कुनै समय नेपाल र खनालले नै जुन प्रकारको ढाँचा, संरचना र मनोवृतिको पार्टी बनाएका थिए, त्यसले अन्ततः उनीहरूलाई नै घात गर्‍यो । एमाले कार्यकर्ता र मतदाता पङ्क्तिमा मातृपार्टी भावना निक्कै बलियो बनाइएको थियो ।

एमाले पङ्क्तिबाहिरबाट एकीकृत समाजवादीले भोट पाउनुपर्ने कुनै कारण र आधार थिएनन् । जहाँबाट भोट चुड्न पर्ने हो, त्यहाँबाट नचुडिने र जहाँ कुनै नयाँ आकर्षण पैदा हुनु पर्ने हो, त्यो नबनेको स्थितिमा एकिकृत समाजवादीको हालत त्यस्तै हुनेवाला थियो, जो भयो ।

एजेण्डा, विचार र परिस्थितिको विश्लेषणका आधारमा हैन, ‘जेसुकै होस, आफू लागेको पार्टी जोगाउनुपर्छ’ भन्ने भावना बलियो थियो । ओलीको दुई-दुई पटकको असंवैधानिक संसद्‌् विघटनलाई एमाले कार्यकर्ता, मतदाता र शुभेच्छुकको ठूलो पङ्क्तिले बेवास्ता गर्‍यो ।

एमाले पङ्क्तिबाहिरबाट एकीकृत समाजवादीले भोट पाउनुपर्ने कुनै कारण र आधार थिएनन् । जहाँबाट भोट चुड्न पर्ने हो, त्यहाँबाट नचुडिने र जहाँ कुनै नयाँ आकर्षण पैदा हुनु पर्ने हो, त्यो नबनेको स्थितिमा एकिकृत समाजवादीको हालत त्यस्तै हुनेवाला थियो, जो भयो ।

तसर्थ, पार्टीको जे स्थिति भयो, त्यो हुने नै वाला थियो । यो भन्दा बढी कसैले अपेक्षा गरेका थिए भने त्यो आत्मगत र निरर्थक थियो, वस्तुगत हैन ।

माधव नेपाल-झलनाथ खनाल समूह ओलीसँगको प्रतिस्पर्धामा कमजोर हुनुको मुख्य कारण यसको जन्मसँगै जोडिएको थियो, त्यो थियो, २० वा २० प्रतिशतको अध्यादेश ल्याइ मागेर विभाजित हुनु । जबकी ४० वा ४० प्रतिशतको अध्यादेश ओलीले ल्याउँदा उनीहरूले विरोध गरेका थिए ।

राजनीति केवल सत्ता र शक्तिको अंक गणित हो भन्ने सोचबाट हिँडेका समूहहरूको संसारमा कहीँ-कतै हित भएको देखिन्न । फितलो अध्यादेशको कारणले उनीहरूले जन्मिँदै नैतिक तथा राजनीतिक आधारलाई कमजोर बनाएका थिए ।

एमालेको ओली समूहसँग साँच्चै संसद्‌ विघटनको सवालमा उनीहरूको वैचारिक र राजनीतिक संघर्ष थियो भने पद, सत्ता र शक्तिको कुनै मोलाहिजा नगरिकन वैचारिक तथा राजनीतिक आधारमै पार्टी र आन्दोलन पुनर्गठन गर्ने आँट हुनु पर्दथ्यो, जो नेपाल–खनाल समूहमा थिएन ।

चुनाव अघि नै पार्टी एकता गरी नेकपा (समाजवादी केन्द्र) बनाएर गठबन्धन र चुनावमा गएको भए सायद दुवै समूहको स्थिति अहिलेको भन्दा धेरै राम्रो हुन सक्थ्यो । तर, माधव– खनाल समूहले त्यो आँट गर्न सकेन ।

अर्को कुरा– एमालेबाट विभाजित भइसकेपछि पनि यो समूहले अन्य वामपन्थी तथा कम्युनिष्ट घटकसँग एकिकृत भएर जाने आँट गरेन । त्यसो त यो भन्दा निक्कै ठूलो समूहका रूपमा रहेको नेकपा  माओवादी केन्द्रसँग त त्यो आँट थिएन भने माधव– खनाल समूहसँग नहुनु स्वभाविक थियो ।

अन्यथा नेकपा (नेकपा) को विवादमा माओवादी र एकीकृत समाजवादी समूह एउटै विन्दूमा आइसकेका थिए । चुनाव अघि नै पार्टी एकता गरी नेकपा (समाजवादी केन्द्र) बनाएर गठबन्धन र चुनावमा गएको भए सायद दुवै समूहको स्थिति अहिलेको भन्दा धेरै राम्रो हुन सक्थ्यो ।

तर, नेपाल-खनाल समूहले त्यो आँट गर्न सकेन । अन्यथा ओलीलाई नेकपा (नेकपा) बाट कारबाही र निष्कासन गरिएको समय अवधिमा प्रचण्ड र माधव नेपाल दुई अध्यक्ष भएकै हुन, त्यही मोडालिटीलाई कायम राखेको भए सायद भिन्न परिदृष्य बन्न सक्थ्यो ।

जुन मनोवैज्ञानिक आधारमा एमाले कार्यकर्ता र समर्थकको ठूलो पङ्क्तिले नेपाल-खनाल समूहलाई साथ दिएन, त्यही आधारमा यो समूह माओवादीलगायतका अन्य कम्युनिष्ट घटकसँग मिलेर एमालेको शेखी झार्न सक्नेगरी अर्काे एकीकृत कम्युनिष्ट पार्टी निर्माण गर्न राजी भएन ।

त्यो कारण भनेको नि:सन्देह पूर्वएमाले मनोविज्ञान नै थियो । अन्यथा एमालेको नेपाल-खनाल समूह र प्रचण्ड नेतृत्वको माओवादी केन्द्रबीचका वैचारिक तथा राजनीतिक दूरी समाप्त भइसकेका थिए ।

झलनाथ खनाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच पार्टी एकताको सम्भावनाबारे समेत छलफल भएको समाचार आएको थियो। प्रयत्न गर्नु नराम्रो हैन, तर, यी दुई समूहबीच एकताको सम्भावना बिल्कुलै न्यून छ । एकता भए नै पनि त्यो दीगो र फलदायी हुन सक्ने कुनै आधार छैन ।

एकीकृत समाजवादीको भर्खरै सम्पन्न दुई दिने पोलटब्यूरो बैठक ‘एकता, सहकार्य गर्ने, मोर्चा बनाउने र वामपन्थी जनमतलाई एक ठाउँमा ल्याउने’ अधिकार सचिवालयलाई दिँदै सम्पन्न भएको छ ।

बैठकको पूर्वसन्ध्यामा पार्टी नेता झलनाथ खनाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच पार्टी एकताको सम्भावनाबारे समेत छलफल भएको समाचार आएको थियो।

प्रयत्न गर्नु नराम्रो हैन, तर, यी दुई समूहबीच एकताको सम्भावना बिल्कुलै न्यून छ । एकता भए नै पनि त्यो दीगो र फलदायी हुन सक्ने कुनै आधार छैन ।

उपेन्द्र यादव नेतृत्वको जसपा कम्युनिष्ट विचारधारा परित्याग गरिसकेका नेताहरूको नेतृत्व भएको दल हो । तिनले फेरि मार्क्सवाद – लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्लान् र कम्युनिष्ट पार्टीमा  एकीकृत होलान् भनेर विश्वास गर्ने आधार निकै कम छ ।

अर्कोतिर त्यो पार्टी मुख्यतः मधेश केन्द्रित छ र पहिचानमा आधारित संघीयतालाई मुख्य राजनीतिक मुद्दा बनाउँदै आएको छ, जो एकीकृत समाजवादीका नेता कार्यकर्ताले सजिलै पचाउन सक्ने छैनन् । यो प्रयत्न पनि एक प्रकारले न हाँस न कुखुराको चाल जस्तै हो ।

एकीकृत समाजवादीका नेता, कार्यकर्ताको ‘माइन्ड सेट’ प्रारम्भदेखि नै एक भिन्न पार्टी बनाउने खालको थिएन । छुट्टै पार्टी हुन विचारधारा, दृष्टिकोण, सिद्धान्त, एजेण्डा, आँट, जाँगर, दृढता, सौर्य र साहस पनि हुनु पर्दछ । यी कुनै पनि कुरा एकिकृत समाजावादीका नेता, कार्यकर्तासँग थिएन ।

यो समूह एमालेमै फर्किए न कुनै आश्चर्य हुन्छ न कसैले उनीहरूको खिसिटिउरी नै गर्ने छ । कारण यो एमालेबाटै जन्मिएको एक सानो चोइटो हो, उनीहरूले जीन्दगीभरिको दु:ख, संघर्ष र लगानीबाट निर्माण गरेको पार्टी एमाले नै हो भन्ने सबैलाई थाहा छ ।

एमाले र ओलीप्रतिको गुनासोले मात्र नयाँ पार्टी बन्न सक्दैनथ्यो र अझै बन्दैन । तसर्थ यो पार्टीले एक सुस्पष्ट बाटो रोज्न आवश्यक छ । कि त एमाले बाहेकका माओवादीलगायत सबै कम्युनिष्ट समूह मिलेर एक नयाँ केन्द्र बनाउन राजी हुनु पर्ने छ कि त एमालेमा फर्किन लजाउन आवश्यक छैन ।

यो समूह एमालेमै फर्किए न कुनै आश्चर्य हुन्छ न कसैले उनीहरूको खिसिटिउरी नै गर्ने छ । कारण यो एमालेबाटै जन्मिएको एक सानो चोइटो हो, उनीहरूले जीन्दगीभरिको दुख्ख, संघर्ष र लगानीबाट निर्माण गरेको पार्टी एमाले नै हो भन्ने सबैलाई थाहा छ ।

एमालेमै फर्किएर पनि केही समय त्यति सहज भने हुने छैन । किनकी अझै केही वर्ष त्यहाँ केपी शर्मा ओली र उनकै गुटको हालीमुहाली चल्ने छ । तर, ओलीले पार्टी सधै आफूसँगै राख्ने वा सँगै लिएर जान सक्ने चिज हैन । कुन न कुनै दिन ओलीले नेतृत्व छोड्नैपर्छ, नेपाल-समूहले त्यतिन्जेल थोरै सहेर बस्ने हो, नयाँ घटनाक्रमले आन्तरिक शक्ति सन्तुलनलाई फेर्दै लान सक्दछ ।

माधव नेपाल र झलनाथ खनाललाई त अब आफ्नो राजनीतिक करिअरको चिन्ता त्यतिधेरै नहोला । उनीहरू जीवनको उत्तरार्धतिर छन् । राजनीतिमा लागेबापत् जे-जे पाउने हो, त्यो सबै उनीहरूले पाइसकेका छन् । तर, प्रश्न नेपाल र खनालको मात्रै हैन, त्यहाँ सयौं त्यस्ता सम्भावनायुक्त मध्यमस्तरका नेता कार्यकर्ता छन्, जसलाई आ-आफ्नो राजनीतिक करिअरको पनि उत्तिकै चिन्ता छ ।

तसर्थ एकीकृत समाजवादीले न हाँसको न कुखुृराको चाल गरेर धेरै दिन आफ्नो अस्तित्व जोगाउन सक्दैन । कम्तीमा एक भिन्नै र शक्तिशाली पार्टीका रूपमा यसको विकास हुनै सक्दैन । यदि हुन सक्दछ भनेर मान्ने हो भने पनि त्यसका लागि एक भिन्नै प्रकारको त्याग, समर्पण, प्रतिबद्धता र संघर्ष चाहिन्छ, त्यो यसका नेता कार्यकर्तामा देखिन्न ।

तसर्थ यो समूहले दुईमध्ये एक विकल्प रोज्न जरुरी छ, कि एमाले बाहेकका कम्युनिष्ट घटकसँगको एकता कि एमालेमा फिर्ती । ढिलोचाँडोको कुरा हो– यो समूह कुनै एक बाटो रोज्न बाध्य र अभिशप्त हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved