वामदेव भन्छन्- वर्तमान सरकारले समाजवादी उत्पादन र वितरणमा ध्यान दिनुपर्छ

नेपालभ्युज

915857069571949

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले वर्तमान सरकारले समाजवादी उत्पादन र वितरणमा ध्यान दिनुपर्ने बताएका छन् ।

मंगलबार संसदीय समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘कम्युनिष्ट पार्टीकै नेता प्रधानमन्त्री बन्नुभएको छ । अब यो सरकारले समाजवादी उत्पादन र वितरणमा ध्यान दिनुपर्छ,’ उनले भने ।

त्यसले देशलाई उत्पादनमा आत्मनिर्भर बनाउने र रोजगारी पनि सिर्जना हुने भन्दै उनले भने, ‘हामीले जनैदेखि खाने चिजसम्म विदेशबाटै ल्याउनुपर्छ । त्यसकारण आज विश्वमा हामी सबैभन्दा पिछडिएको देशमध्ये पर्छौँ ।’

तत्कालीन नेपाली कांग्रेस नेतृत्वको सरकारले कलकारखाना भताभुङ्ग पारेको आरोप लगाउँदै यसलाई कम्युनिष्ट सरकारले पुन:जीवित गर्नुपर्ने भनाइ गौतमको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved