लुम्बिनी प्रदेशसभामा नयाँ नियमावली पारित, माघ ३ गते अर्को बैठक

नेपालभ्युज

लुम्बिनी प्रदेशसभामा नयाँ नियमावली पारित, माघ ३ गते अर्को बैठक

दाङ । प्रदेशसभाको पहिलो बैठकले लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ पारित गरेको छ । ज्येष्ठ सदस्य डिल्लीराज भुसालले ‘लुम्बिनी प्रदेशसभा नियमावली, २०७९’ पारित गरियोस् भनी प्रस्तुत गरेको प्रस्ताव सदनले पारित गरेको हो ।

नियमावली पारित भएसँगै अब यही नियमावलीका आधारमा प्रदेशसभाले आफ्ना गतिविधि अघि बढाउनेछ । यसअघि प्रदेश नं ५ नियमावली, २०७४ थियो । तर त्यो नियमावली ५० प्रतिशतभन्दा बढी संशोधन गर्नुपर्ने भएपछि नयाँ नियमावली बनाइएको हो ।

लुम्बिनी प्रदेशसभाको पहिलो अधिवेशनको तेस्रो बैठक माघ ३ गते बस्ने भएको छ । पहिलो अधिवेशनको दोस्रो बैठक सकिएपछि अध्यक्षता ग्रहण गरेका ज्येष्ठ सदस्य डिल्लीराज भुसालले तेस्रो बैठकको मिति माघ ३ गते तोकेका हुन् । अब सभामुख र उपसभामुख चयनका लागि प्रदेशसभामा बाटो खुलेको छ ।

पहिलो बैठक बसेको मितिले १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने कानूनी व्यवस्था छ । सोहीअन्तर्गत राजनीतिक दलबीच सहमतिको प्रयास गरिने र सम्भवतः आगामी बैठकले सभामुख चयन गर्ने प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।

संविधानको धारा, १८२ ले व्यवस्था गरेको अवधिभित्र सभामुखको निर्वाचन हुने उल्लेख छ ।

लुम्बिनी प्रदेशको दोस्रोसभाको पहिलो बैठकलाई सम्बोधन गर्नुहुँदै लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले निजामती सेवा ऐन पारित नहुँदा कार्य सम्पादनमा जटिलता देखिएको बताए ।

उनले सङ्घीय निजामती सेवा ऐन नआउँदा प्रदेश निजामती सेवा ऐन पारित गरि कार्यान्वयन गर्न जटिलता थपिँदा जनशक्ति व्यवस्थापनको समस्या बढेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved