माओवादी केन्द्र लुम्बिनी प्रदेशको संसदीय दलको नेतामा महरा निर्वाचित

नेपालभ्युज

माओवादी केन्द्र लुम्बिनी प्रदेशको संसदीय दलको नेतामा महरा निर्वाचित

दाङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेशको संसदीय दलको नेतामा जोखबहादुर महरा निर्वाचित भएका छन् ।

आइतबार सम्पन्न प्रदेशसभा सदस्यको बैठकले उनलाई संसदीय दल नेतामा सर्वसम्मत चयन गरेको हो । महरा रोल्पा निर्वाचन क्षेत्र नं १ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

नेता महरा माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत हुन् । लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका नौ जना प्रदेशसभा सदस्यले उनलाई सर्वसम्मत चयन गरेको माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुर्दशन बरालले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved