इन्टरनेट अवरोध हुँदा उत्पन्न हुने स्थितिको जिम्मा प्राधिकरणले लिनुपर्छ : आईस्पान

नेपालभ्युज

इन्टरनेट अवरोध हुँदा उत्पन्न हुने स्थितिको जिम्मा प्राधिकरणले लिनुपर्छ : आईस्पान

काठमाडौं। इन्टरनेट सेवा प्रदायकहरूले जुनसुकै समयमा इन्टरनेट सेवा रोकिन सक्ने भएकाले त्यसपछि उत्पन्न हुने स्थितिको जिम्मा प्राधिकरणले लिनुपर्ने चेतावनी दिएका छन् ।

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान)ले सोमबार पत्रकार सम्‍मेलन गर्दै नेपाल विद्युत प्राधिकरणले पोल भाडामा मनोमानी गरेको भन्दै इन्टरनेट सेवा रोकिने चेतावनी दिँदै त्यसपछि उत्पन्न हुने स्थितिको जिम्मा प्राधिकरणले लिनुपर्ने बताएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै आईएसपानका अध्‍यक्ष सुधीर पराजुलीले भने, ‘विद्युत प्राधिकरणले मोनोपोली देखाए हामी इन्टरनेट हड्ताल गर्न पनि पछि पर्दैनौं । इन्टरनेट जुनसुकै बेला अवरुद्ध हुन सक्छ । हाम्रो तालाचाबी प्राधिकरणमा बुझाउँछौं ।’

विद्युत प्राधिकरणले काठमाडौं, विराटनगर, इनरुवा, काँकरभिट्टा, गौरीगञ्ज, पोखरा, धरान, खोटाङ, सुर्खेत, कैलाली, बुटवल, टीकापुर, अत्तरिया, भैरहवा, डोटी, ललितपुर, धनकुटा, दुहवीमा इन्टरनेट सेवा प्रदायकहरूको तार काटिएको आइएसपानका अध्‍यक्ष पराजुलीले दाबी गरे ।

उनले भने, ‘प्राधिकरणले कुनै समन्वयन नै नगरी इन्टरनेट फाइबर तार देशैगर काटिएको छ, यसले त प्राधिकरणको दादागिरी भयो। हामी यो एकाधिकार कहिलेसम्म सहने ? अब सहन्नौ।’

प्राधिकरणले भाडाकै निुहँमा पटक पटक इन्टरनेट सेवा प्रदायकहरूको डेटा सेन्टर, अपरेसनल पोइन्ट, इन्टरनेट सेवा प्रवाह गर्ने फाइबर, तार काटिदिएको भन्दै आइस्पानले आक्रोश व्यक्त गरेको छ ।

यसका साथै इन्टरनेट ठप्प हुनबाट जोगाउन, मानव अधिकार स्थापित गर्न, उपभोक्ताको हकहित संरक्षण गर्न सरकार सम्बन्धित मन्त्रालयहरू, निकायहरू, मानव अधिकार (राष्ट्रिय/अन्तराष्ट्रिय) आयोगलाई तत्काल हस्तक्षेत्रकारी भूमिका निर्वाह गर्नसमेत आइएसपानले विज्ञप्तिमार्फत अपिल गरेको छ ।

इन्टरनेट सेवा प्रदायकहरूले बिजुलीको पोल प्रयोग गरी आफ्नो सेवा दिँदै आएका छन् । त्यसबापत विद्युत प्राधिकरणलाई निश्चित शुल्क तिर्ने गरेका छन् । तर, प्राधिकरण र इन्टरनेट सेवा प्रदायकबीच केही वर्षयता विवाद बढ्दो छ ।

प्राधिकरणले पोल भाडा बढाएको छ भने इन्टरनेट सेवा प्रदायकले समयमा बक्यौता नतिरेको भन्दै लाइन काटिदिने चेतावनी दिँदै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved