४५ वटा रूसी ड्रोन खसालेको युक्रेनको दाबी

कीभ प्रहरी प्रमुख एन्ड्री नेबिटोभले रूसी भाषामा ‘नयाँ बर्षको शुभकामना’ लेखिएको ड्रोनको भग्नावशेषको तस्बिर फेसबुकमा पोस्ट गरेका छन् ।

नेपालभ्युज

४५ वटा रूसी ड्रोन खसालेको युक्रेनको दाबी

कीभ । युक्रेनले नयाँ वर्षको आसपास ४५ वटा रूसी ड्रोन खसालेको दाबी गरेको छ ।

नयाँ वर्षको पूर्वसन्ध्यामा मस्कोले कीभ र युक्रेनका शहरहरूमा क्षेप्यास्त्र र ड्रोनबाट आक्रमण गरेको थियो । युक्रेनको वायु सेनाले एक विज्ञप्ति जारी गर्दै ४५ वटा ‘शाहेद’ ड्रोन नष्ट गरेको जनाएको हो ।

सन् २०२२ को अन्त्यमा १३ र नयाँ वर्षमा थप ३२ वटा ड्रोन खसालेको विज्ञप्तिमा उल्लेख छ । युक्रेनी अधिकारीहरूले केही ड्रोनहरू उनीहरूको लक्ष्यमा पुगे वा पुगेनन् भन्नेबारे केही बताएका छैनन् ।

कीभ प्रहरी प्रमुख एन्ड्री नेबिटोभले रूसी भाषामा ‘नयाँ बर्षको शुभकामना’ लेखिएको ड्रोनको भग्नावशेषको तस्बिर फेसबुकमा पोस्ट गरेका छन् ।

उनले लेखेका छन्, ‘आतङ्ककारी राज्य’ र यसको सेनाको बारेमा तपाईंले जान्नैपर्ने कुरा यही हो ।’ रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि आक्रमण गरेको ११ औँ महिनामा प्रवेश गरेका समय उक्त आक्रमण भएको हो ।

शृङ्खलाबद्ध सैन्य पराजयपछि रूसले अक्टोबरमा युक्रेनको पूर्वाधारलाई निशाना बनाउन थाल्यो, जसले गर्दा लाखौं मानिस चिसो र अँध्यारोमा परेका छन् । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved