लुम्बिनी प्रदेशसभा सदस्यको शपथग्रहण : ९ जनाले लिए मातृभाषामा शपथ

नेपालभ्युज

लुम्बिनी प्रदेशसभा सदस्यको शपथग्रहण : ९ जनाले लिए मातृभाषामा शपथ

काठमाडौं। लुम्बिनी प्रदेशसभाका सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले आइतबार प्रदेशसभा सदस्यहरूलाई शपथ गराएका हुन् ।

८७ जना प्रदेशसभा सदस्यमध्ये ९ जनाले आफ्नै मातृभाषामा शपथ लिएका छन् भने बाँकी सबैले नेपाली भाषामा नै शपथ लिएका छन् ।

स्थायी राजधानी दाङको देउखुरीस्थित नव निर्मित प्रदेश सभा भवनमा सांसदहरूले शपथ लिएका हुन् । ८७ सदस्यीय प्रदेश सभामा नेकपा एमालेबाट २९, नेपाली कांग्रेसबाट २७, माओवादी केन्द्रबाट ९, राप्रपा र नागरिक उन्मुक्ति पार्टीबाट ४/४ जना, जसपा, लोसपा, जनमत पार्टी र स्वतन्त्र ३/३ जना, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबाट एक/एक जना सांसद रहेका छन् ।

अब लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन सोमबार सुरु हुने भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved