सरसफाइ अभियानमा जुटे ललितपुर महानगरका प्रहरी (तस्वीरहरू)

सरसफाइ अभियानमा जुटे ललितपुर महानगरका प्रहरी (तस्वीरहरू)

पाटन । ललितपुर महानगरले धार्मिक एवम सांस्कृतिक क्षेत्रको सरसफाइ अभियानमा जुटेको छ।

महानगरले आइतबार मंगलबजार र पाटन क्षेत्रमा जीर्ण अवस्थामा रहेका मठमन्दिर, पाटी, पौवा, सतल, ढुंगेधारा, इनार, पोखरी, देवालय , शिवालय लगायतका स्थानमा सरसफाइ गरेको हो ।

ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले आफ्नो नगरभित्र रहेका धार्मिक तथा सांस्कृतिक क्षेत्रको सरसरफाइ गर्न निर्देशन दिएसँगै नगरी प्रहरी यस कार्यमा खटेको छ।

पछिल्लो समय शहरका अव्यवस्थित फुटपाथ पसल र अवैध संरचना हटाउँदै आएको नगरी प्रहरीले आइतबार भने बिहानदेखि सरसफाइ अभियानमा जुटेको हो ।

धार्मिक, सांस्कृतिक, एवम ऐतिहासिक रुपमा ललितपुर मठमन्दिरै मन्दिरले सजिएको छ। संरक्षण नगर्दा यी सम्पदा लोभ हुने अवस्थामा रहेको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved