लुम्बिनी प्रदेशसभा : सांसदहरुको शपथ आइतबार दिउँसो १ बजे

नेपालभ्युज

लुम्बिनी प्रदेशसभा : सांसदहरुको शपथ आइतबार दिउँसो १ बजे

दाङ । लुम्बिनी प्रदेशसभाका सांसदहरुको शपथ ग्रहण समारोह आइतबार दिउँसो १ बजे हुने भएको छ।

देउखुरीस्थित नवनिर्मित प्रदेश सभा भवनमा शपथ ग्रहण समारोह हुने प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए।

प्रदेशसभा अधिवेशनको अघिल्लो दिन आइतबार ८७ जना प्रदेश सभा सदस्यले शपथ लिनेछन् ।

प्रत्यक्षतर्फ ५२ र समानुपातिकमा ३५ गरी ८७ सदस्यीय प्रदेशसभामामा एमाले २९ सदस्यसहित सबैभन्दा ठूलो दल रहेको छ ।

यस्तै प्रदेशसभामा नेपाली कांग्रेस २७, नेकपा माओवादी केन्द्र ९, राप्रपा ४, नागरिक उन्मुक्ति पार्टी ४, जनमत पार्टी ३, जनता समाजवादी ३, लोकतान्त्रिक समाजवादी ३, राष्ट्रिय जनमोर्चा एक, नेकपा एकीकृत समाजवादी एक र स्वतन्त्र ३ जना छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved