विचार

सिनेमाको भविष्य इतिहासकै गम्भीर मोडमा छ

आजका लागि नयाँ परिदृष्य रचौं, जसले भोलिका लागि इतिहास बनाओस । हामीलाई विभाजित गर्ने भिन्नताहरु भत्काउँ । हाम्रा विविधताबीच एकता निर्माण गरौं । हाम्रो महिमागानको छायाँमा कोही नपरोस । सबैले खुशीको अनुभूति गर्न पाउँन । 

सिनेमाको भविष्य इतिहासकै गम्भीर मोडमा छ

कोलकातालाई धन्यवाद छ– म कोलकाताको ज्वाइँ हुँ । तिम्रो ज्वाँई जीवनभरि ज्वाइँ नै रहने छ कोलकाता ! 

यहाँ आउँदा मलाई असाध्यै धेरै खुशी लाग्छ । मेरो जिन्दगीको पहिलो काम दिए वापत म कोलकातालाई सलाम गर्न चाहन्छु । जया, मेरी पत्नी मलाई दिए वापत म कोलकातालाई सलाम गर्न चाहन्छु । जयाको पहिलो सिनेमा ‘महानगर’का निर्देशक सत्यजीत रे थिए ।

तर, यी सबैभन्दा बढी म कोलकातालाई यसको कलात्मक बानीव्यहोरा, जसले बहुलता र समानतालाई आत्मसात गरेको हुन्छ, का लागि सलाम गर्न चाहन्छु । यसैले हो बंगाललाई विशेष बनाउँने ।

मान्छे सधै एक सामाजिक प्राणी रहँदै आएको छ । मान्छेलाई आफ्नो समाज, समुदाय चाहिन्छ । समूहकार्यहरुमा सहभागिता गर्नु मानवको प्रथम आवश्यकता हो । सिनेमा आउँनुभन्दा धेरै अघिदेखि मान्छेले मनोरन्जनका लागि धेरै प्रकारका सामुहिक क्रियाकलाप गर्दै आएका थिए ।

ती मूलतः धार्मिक उत्सव र लोक अभिव्यक्तिमा केन्द्रित हुन्थे । दक्षिण भारत र मणीपुरका मन्दिर नृत्य हुन वा उत्तरी भारतीय परम्पराका रामलिला र रासलिला, यसले प्रमुख शास्त्रीय नृत्यका रुपहरु जन्मायो । यसले जनश्रुति र नाट्यको समुचित रुप भित्र्यायो । किर्तन र कवाली परम्परा पूजास्थानमा जन्मिए । मन्दिर र सत्संगले समुदायलाई मित्रता र ऐक्यबद्धता दिए ।

यी पुराना परम्परासँग तुलना गर्दा सिनेमा एक नयाँ परिघटना हो । हाम्रो पहिलो मौन चलचित्र राजा हरिश्चन्द्र ओलम्पिया थियेटर मुम्बईमा सन् १९१३ को अप्रिल २१ मा लागेको थियो । स्पेनिश फ्यु र पहिलो विश्वयुद्धजस्ता ठूला दुई बाधा भन्दा केही बर्ष अघि मात्र ।

त्यस अघि रुसियन फ्लू पहिलो आधुनिक महाब्याधी मानिएको थियोे, जो सन् १८८९–९२ बीचमा भड्किएको थियो । यसमा करिब १० लाख मानिस मारिएको विश्वास गरिन्छ ।

महात्मा गान्धी जो, भारतीय स्वतन्त्रताका मुख्य नियन्ता थिए, उनी पनि स्पेनिश फ्लूबाट संक्रमित भएका लाखौं मध्ये एक थिए । उनी यसबाट बाँच्न नसकेको भए, ब्रिटिस उपनिवेशवाद विरुद्धको भारतीय संघर्षले तीव्र गतिमा भिन्नै मोड लिन सक्थ्यो ।

यसको खतरा अन्त्य भएको ३ बर्षपछि सन् १८९५ डिसेम्बर २८ मा लुमियरे दाजूभाईले १० छोटा सिनेमा पेरिसमा सार्वजनिक रुपमा देखाएका थिए ।

सन् १९१८ मा पहिलो विश्वबाट फर्किएका सिपाहीहरुमार्फत् स्पेनिश फ्लु बाष्प जाहज र रेलमार्फत् विश्वभरि फैलियो । भारतमा यो महामारी मेसिपोटामियाबाट आएको एक जहाजमार्फत् मेमा बम्बे आयो र अक्टोबरमा व्यापक बन्यो ।

महात्मा गान्धी जो, भारतीय स्वतन्त्रताका मुख्य नियन्ता थिए, उनी पनि स्पेनिश फ्लूबाट संक्रमित भएका लाखौं मध्ये एक थिए । उनी यसबाट बाँच्न नसकेको भए, ब्रिटिस उपनिवेशवाद विरुद्धको भारतीय संघर्षले तीव्र गतिमा भिन्नै मोड लिन सक्थ्यो ।

त्यस्तो अस्थीर समयका बाबजूद भारतले फिल्म उद्योगको जन्मको झण्डा देखाउँन थालेको हो, जो स्वतन्त्रताको ७५ औं बर्ष पुग्दा उझ उचो भएको छ । दादा साहेब फाल्केले राजा हरिश्चन्द्रको उत्पादन मात्र गरेनन, सन् १९१३ देखि १९१८ का बीचका अरु २३ वटा सिनेमा बनाए ।

त्यसको अर्को बर्ष, सन् १९१९ मा कोलकताको मर्डन थिएटर कम्पनीले बनाएको पहिलो मौन बंगाली सिनेमा विल्वामंगल, नोभेम्बरमा देखाइएको थियो । त्यो बेला पश्चिमाजस्तै भारतीय सिनेमाले पनि आफ्नो बाल्यकालिन कदम चल्दै थियो ।

सन् २०२० साम मेन्देसद्धारा निर्मित तथा निर्देशित सिनेमा ब्रिटेनको ‘वल्र्ड वार–फष्र्ट, इपिक–१९१७’ ओस्कर पुरस्कारको अग्रभागमा आयो । यसमा पहिलो विश्व युुद्ध लडेका दक्षिण एशियाली सिपाहीका केही झलक थिए । शिख सिपाहीहरु सन् १९१४ मा पश्चिमी मोर्चामा पुगेका थिए । युक्रेनको पहिलो युद्धमा उनीहरुको साहसिक संलग्नताले विश्व संचार माध्यममा ठाउँ पाएको थियो।

जब झडपहरु सकिए, ती सिपाहीका योगदानलाई बेइमानीपूर्ण तरिकाले अपरिचित राखिए । घरेलु अशान्तिबाट चिन्तित बेलायती शासनले पञ्जाबमा मार्शल ल लगायो । अन्ततः सन् १९१९ को जलियावाला बागमा अमृतसार नरसंहार भयो । ब्रिटिश सरकारद्धारा निर्देशित धेरै शिख सिपाही यो घटनाबाट क्रोधित भएका थिए।

सन् २०१८ को क्रिस्टोफर नोलनको सिनेमा डनकिर्क दोस्रो विश्वयुद्धमा भारतीय सिपाहीहरुको योगदान अनुपस्थित हुने गरी बनाइएको छ । तर, सन् १९६४ मा भि. शान्तारामले निर्देशित गरेको सिनेमा डा. कोटनिश की अमर कहानीमा जापानी आक्रमणको समयमा चीन गएका मेडिकल मिसनका ६ चिकित्सिकको कथा देखाईएको छ । यसले मित्रराष्ट्रका लागि भारतीय ऐक्यबद्धताको सन्देश दिन्थ्यो ।

वास्तवमा भारतमा प्रतिबन्धित पहिलो सिनेमाको लुकेको बिषय महात्मा गान्धी नै थिए । सन् १९२१ मा रिलिज भक्त विदुरको नायक गान्धी टोपी, खादी लुगा र चर्खासहितको गान्धीको धमिलो प्रतिबिम्ब थियो । सन् १९३९ को त्यागभूमिमा तमिलनाडुमा चर्खा कातिरहेका गान्धीको नियति चित्रित भएको भेटिन्छ ।

सन् १८९७ मा पेरिसको बजार डेला नाइट्रेडमा आगलागी भएर १२६व् यक्तिको मृत्यु भएको थियो । त्यहाँबाट सिनेमा सुरक्षा र अनुमतिपत्रको प्रश्न उठ्यो । सन् १९०९ देखि सुरक्षा मापदंड तय गर्न थालिए । चलचित्र प्रदर्शनलाई नियमन गर्न थालियो । यही क्रमका सन् १९१२ मा पहिलो पटक व्रिटिस फिल्म सेन्सर बोर्ड गठन भएको थियो ।

त्यही बेलादेखि भारतीय सिनेमा हेरिरहेका मात्र छैनन, आफ्नो सिनेमा आफै बनाइरहेका छन । सन् १९२१ मा भारतभरि १४८ सिनेमाघर थिए । सन् १९२७ मा पुग्दा नपुग्दा दोब्बर भए । सन् १९३७ को मोर्डन पिक्चर सोसाइटीको जर्नलमा गान्धीमाथि लेखिएका प्रतिबन्धित कयौं समाचार शीर्षक सूचीकृत छन ।

वास्तवमा भारतमा प्रतिबन्धित पहिलो सिनेमाको लुकेको बिषय महात्मा गान्धी नै थिए । सन् १९२१ मा रिलिज भक्त विदुरको नायक गान्धी टोपी, खादी लुगा र चर्खासहितको गान्धीको धमिलो प्रतिबिम्ब थियो । सन् १९३९ को त्यागभूमिमा तमिलनाडुमा चर्खा कातिरहेका गान्धीको नियति चित्रित भएको भेटिन्छ । सन् १९३१ को शान्तरामको फिल्म स्वराज तोरणमा स्वराज शब्द प्रयोग छ ।

ब्रिटिस इन्डिया सेन्सरले यो सिनेमा प्रतिबन्धित गरेको थियो । हाम्रा फिल्म निर्माताहरु अहंकारी साम्राज्यको बर्चश्व विरुद्ध लडेका थिए । सन् १९२१ देखि सन् १९४७ को बीचमा दुई दर्जन बढी त्यस्ता सिनेमा बनेका थिए, जसमा ब्रिटिसलाई उत्पीडकका रुपमा देखाइएको थियो ।

सन् १९४० को दशकमा भारतीय सिनेमामाथिको निगरानी निक्कै कठोर बनाइएको थियो । अन्ततः सन् १९५२ मा सिनेमाटोग्राफी ऐन आयो, जसलाई आजको सिनेमा प्रमाणिकरण बोर्डले समर्थन गरेको छ । तर, म यो भन्न सक्छु कि अझै पनि नागरिक स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि प्रश्न उठेकै छन्।

सन् १९३७ को ‘दुनियाँ न माने”ले अनुचित बिबाहको विरुद्ध आवाज उठायो र विधवा पुनर्विवाहको पैरवी गर्यो । भारतीय सिनेमाले राष्ट्रवादी स्वतन्त्रताको भावनालाई मुखरित गरे । भलै कि त्यो बेलाको सेन्सर बोर्ड सिनेमाका लागि बढो गाह्रो बिषय थियो ।

स्वतन्त्रता आन्दोलन जति अघि बढ्दै गयो, ब्रिटिस राजका सदस्यहरु उति नै लचिलो हुँदै गए । भारतीय देशभक्तिका सिनेमाहरु जति प्रखर हुँदै गए, प्रतिरणनीति अन्तर्गत ब्रिटिशले भारतीय भावना धूमिल पार्ने खालका अंग्रेजी सिनेमा बनायो । सन् १९३८ को द ड्रममा भातरीयलाई ब्रिटिस मालिक विरुद्धका अविश्वासनीय र षडयन्त्रकारीका रुपमा देखाइएको छ ।

यथार्थमा यी कहिल्यै अन्त्य नहुने टकरावहरु थिए । तर, सन् १९४० को दशकमा भारतीय सिनेमामाथिको निगरानी निक्कै कठोर बनाइएको थियो । अन्ततः सन् १९५२ मा सिनेमाटोग्राफी ऐन आयो, जसलाई आजको सिनेमा प्रमाणिकरण बोर्डले समर्थन गरेको छ । तर, म यो भन्न सक्छु कि अझै पनि नागरिक स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि प्रश्न उठेकै छन्।

सुरुवातमा भन्दा आज सिनेमाका बिषयवस्तुमा धेरै बद्लाव आएको छ । उत्पादन र कलाकार प्रणालीमा दर्शकको दृष्टिकोणबाट हेरिन्छ । बिषयवस्तु मिथोलजीदेखि सामाजिक सिनेमासम्म विविधिकृत छन । सन् १९७० र ८० को दशकमा अंग्री यंगम्यान आउँनु अघि सामाजिक बेथिति र बेरोजगारीका समस्यालाई मुख्य गरी देखाइन्थे ।

कोविड– १९ पछि आएको विश्व व्यवस्थाको बदलावमा निकट भबिष्यमा कस्ता सिनेमा बन्ने र हेर्ने गरिने हो, त्यसको लेखाजोखा गर्न पर्ने भएको छ। सायद त्यसको सुराक हाम्रा कालातित सिनेमाको बिशेषज्ञतामा बसेको छ ।

कोविड– १९ पछि आएको विश्व व्यवस्थाको बदलावमा निकट भबिष्यमा कस्ता सिनेमा बन्ने र हेर्ने गरिने हो, त्यसको लेखाजोखा गर्न पर्ने भएको छ। सायद त्यसको सुराक हाम्रा कालातित सिनेमाको बिशेषज्ञतामा बसेको छ । सत्यजीत रे र मणिक दाका सिनेमाले भारत, बंगाल र विश्व भावनाको सचेत सामाजिकतालाई मानवताको पूर्वदृष्टिबाट प्रकट गर्दछन् ।

स्पेनिश फ्लुको अन्त्य सन् १९२० को अप्रिलमा भएको थियो । त्यसको एक बर्षपछि सन् १९२१ को मे २१ मा सत्यजीत रे जन्मिएका थिए । अर्को महाब्याधी उठेको बेला हामीले उनको शतबार्षिकी बनायौं । मृणाल दाका अधिकांश प्रारम्भिक फिल्मका बिषय राजनीतिक थिए, जसले सधै विद्रोह, पददलित र उत्पीडितहरुको पक्षपोषण गर्थ्यो । उनका पछिल्ला सिनेमाले भने वैयक्तिक चुनौती र एक्लोपनलाई छोए, जस्तो कि सन् १९८४ को कान्दारका नायक जमिनीले लेखेका थिए ।

ऋत्विक घटक बंगालका अर्का चर्चित सिने निर्माता थिए, जसको शतबार्षिकी २०२५ नजिक आउँदैछ । उनले सिनेमामा नारीवादलाई उत्सवित गर्दै आफ्ना सिनेमामा विभाजनबाट सृजित निर्दयी सामाजिक यथार्थलाई चित्रित गरे । उनका लागि सिनेमा बिल्कुल कला थियो, जसका माध्यमबाट उनी जनताका पीडा, क्रोध र निरासा व्यक्त गर्दथे ।

संसारभरिकै मनोरन्जन उद्योग आमूल परिवर्तनबाट गुज्रिरहेको अवस्थामा हामी फिल्मी क्षेत्रका मानिसले यी दिग्गजहरु र उनीहरुको कलात्मक विश्वासलाई स्मरण गर्नु राम्रो हुनेछ ।

केही स्टुडियोको हातमा चलचित्र व्यवसाय केन्द्रित हुने पहिलेपहिलेको जस्तो वातावरण अब खस्किदै गएको छ । अहिलेको संकटग्रस्त समयमा नयाँ अवसरहरु कहाँ छ, घर बसीबसी सिनेमा हेर्ने दर्शकहरुको मात्रा बढ्दै जाने छ कि अल्पकालिन हुनेछ, बुझ्न असम्भव छ । तर, मलाई लाग्छ कि यो अझ बढने छ । मनोरन्जनको भोकले दर्शकलाई नयाँ अनलाइन रिलिजमा लैजाने छ।

साहसी र कल्पनाशील विचारले मानवतामा नयाँ आनन्द र विश्वास ल्याउने छन्। पहिला के असम्भव छ भन्ने पत्ता लगाउँ, त्यसैलाई सम्भव बनाउँ । विजय हासिल गर्नका लागि नयाँ शिखरहरु फेला पारौं । हाम्रो दृष्टिकोणको क्षितिजलाई फराकिलो पार्न रोक्ने बाधालाई पन्छाउँ ।

ठूलो प्रश्नः स्टुडियोहरुले ठूलो पैमानाको टिकट थियटरको पहिलेको मोडेल कायम राख्लान भन्ने हो । यो कल्पना असम्भव छैन कि थियटर मोडेल रिलिज विशेष इभेन्टमा रुपान्तरित हुनेछन् । पक्कै पनि त्यसो हुँदा स्टुडियोहरुले आफ्नो आम्दानीको मोडालिटीलाई पुनर्संरचना गर्नु पर्ने छ ।

हामी हाम्रा दर्शकलाई अब सामान्य रुपमा लिन सक्दैनौं । आजका दर्शकसँग अन्तर्राष्ट्रिय विषयवस्तुको दायरा मात्र हैन, परम्परागत ठूला पर्दादेखि व्यक्तिगत ट्याब र मोवाइल फोनसम्मका विभिन्न ढाँचामा सामाग्री हेर्ने विकल्प छन् । मनोरन्जनको भविष्य निर्धारण गर्ने ठूला निर्णय लिनु पर्ने भएको छ । मलाई लाग्छ कि हामीले अब कलात्मक पुनर्विचार गर्नु पर्ने छ ।

साहसी र कल्पनाशील विचारले मानवतामा नयाँ आनन्द र विश्वास ल्याउने छन्। पहिला के असम्भव छ भन्ने पत्ता लगाउँ, त्यसैलाई सम्भव बनाउँ । विजय हासिल गर्नका लागि नयाँ शिखरहरु फेला पारौं । हाम्रो दृष्टिकोणको क्षितिजलाई फराकिलो पार्न रोक्ने बाधालाई पन्छाउँ । हाम्रो बाटोमा आउँने धेरै सत्यमध्ये कुनै एक सृजनशीलतालाई रोजौं ।

आजका लागि नयाँ परिदृष्य रचौं, जसले भोलिका लागि इतिहास बनाओस । हामीलाई विभाजित गर्ने भिन्नताहरु भत्काउँ । हाम्रा विविधताबीच एकता निर्माण गरौं । हाम्रो महिमागानको छायाँमा कोही नपरोस । सबैले खुशीको अनुभूति गर्न पाउँन ।

(कोलकाताको एक कार्यक्रममा भारतीय सिनेमाका महानायक अमिताभ बच्चनले दिएको प्रवचनको संक्षेपीकृत भावानुवाद, द वायरबाट अनुदित)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved