काठमाडौं। महान्यायाधिवक्ता दीनमणि पोखरेलले पदभार ग्रहण गरेका छन्। महान्यायाधिवक्ता पोखरेलले बिहीबार महान्यायाधिवक्ताको कार्यालय पुगेर २९औँ महान्यायाधिवक्ताको रूपमा पदभार ग्रहण गरेका हुन्।
उनलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आजै शपथ गराएका थिए। पदभार ग्रहण गर्ने क्रममा कार्यालयका कर्मचारीहरूले महान्यायाधिवक्ता पोखरेलको भव्य स्वागत गरेका थिए।
प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति भण्डारीले पोखरेललाई बुधबार महान्यायाधिवक्तामा नियुक्त गरेकी थिइन्। पदभार ग्रहणपछि बोल्दै महान्यायाधिवक्ता पोखरेलले न्यायको क्षेत्रलाई शिर ठाडो बनाएर हिँड्न सक्ने वातावरण बनाएर अघि बढ्न आवश्यक रहेको बताएका थिए।
Facebook Comment
Comment