संसदीय दलको नेता बनेपछि यादवले भने- संसद्‌मा उत्पीडितहरूको आवाज बन्छौँ

जनता समाजवादी पार्टी (जसपा) का नेता रामसहाय यादवले संसद्‌मा उत्पीडित समुदायको मुद्दा उठाउने बताएका छन् ।

नेपालभ्युज

1117663848905086
फाइल फोटो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संसदीय दलका नेता रामसहाय यादवले संसद्‌मा उत्पीडित समुदायको आवाज बन्ने बताएका छन् ।

बुधबार संसदीय दलको नेता निर्वाचित भएपछि यादवले भने, ‘पार्टीको एजेन्डाअनुसार संसद्‌मा उत्पीडितहरूको वाहक र आवाज बन्छौँ ।’

समाजमा धेरैखाले चुनौतीहरू भएको उल्लेख गर्दै उनले त्यसको समाधान मूलत: जसपाले काम गर्ने बताएका छन् । ‘हाम्रो सामुन्ने धेरै चुनौतीहरू छन् । यी चुनौतीहरूको सामना सिङ्गो पार्टीले गर्नेछ । त्यसमा पार्टीको एजेन्डाअनुसार संसदीय दलले काम गर्नेछ । आदिवासी जनजाति, मधेशी तथा सबै उत्पीडित समुदायको प्रतिनिधित्व संसद्‌मा गर्नेछौँ,’ उनले भने ।

उनले जहाँ रहेपनि जसपाले सशक्त भूमिका निभाउने जिकिर गरे । ‘पछि सरकारमै जानपरेर काम गर्नुपर्‍यो भने पनि त्यहाँ जसपा तयार छ । प्रतिपक्षमै भएपनि तयार छ । जहाँ पनि जसपाले सशक्तरूपमा भूमिका निभाउनेछ,’ उनले भनेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved