कांग्रेस संस्थापनइतरको निष्कर्ष- नेतृत्वबाट गठबन्धन भत्काउने काम भयो

बालुवाटारस्थित नेता डा. शेखर कोइरालाको सम्पर्क कार्यालयमा बसेको बैठकले देउवा पार्टी चलाउन असक्षम भएको भन्दै उनको राजीनामा माग्नेसम्मको तयारी गरेको छ।

नेपालभ्युज

कांग्रेस संस्थापनइतरको निष्कर्ष- नेतृत्वबाट गठबन्धन भत्काउने काम भयो

काठमाडौं। नेपाली कांग्रेसका संस्थापनइतर समूहको बैठकले सभापति शेरबहादुर देउवाकै कारण गठबन्धन भत्किएको निष्कर्ष निकालेको छ।

बालुवाटारस्थित नेता डा. शेखर कोइरालाको सम्पर्क कार्यालयमा बसेको बैठकले देउवा पार्टी चलाउन असक्षम भएको भन्दै उनको राजीनामा माग्नेसम्मको तयारी गरेको छ।

पाँचदलीय गठबन्धन टुटेर विकसित राजनीतिक घटनाक्रमबारे समीक्षा गरिएको बैठकमा पार्टीमा सीमित व्यक्ति हाबी भएकै कारणले गठबन्धन भत्किएको निष्कर्ष निकालिएको छ।

एक नेताले भने ‘‘पार्टीमा संस्थागतभन्दा व्यक्ति र केही समूह हाबी भएर सम्पूर्ण पार्टी सत्तालाई कब्जा गरेको देखियो। परिणामस्वरूप अहिले परिस्थिति बनेको हो। यसकारण सभापतिको राजीनामा माग्ने सम्मका निष्कर्ष आएका छन्।’’

अब कसरी अगाडि बढ्ने भन्नेबारेमा केही दिनमा फेरि बैठक बसेर छलफल गर्ने इतर पक्षको निष्कर्ष छ। २२ गते बस्ने केन्द्रीय समिति बैठकअघि तयारी गर्ने र बैठकमा राजीनामाको कुरा उठाउने नेताहरूले बताएका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन छाडेर एमालेसँग सहकार्य गरेपछि कांग्रेसमा इतर पक्षले छलफल गरेका हुन्।

गठबन्धन गरेर पहिलो पार्टी बनेको कांग्रेसले माओवादीलाई राष्ट्रपति र प्रधानमन्त्री दुवै नदिने पक्षमा उभिएपछि माओवादीले एमालेसँग गठबन्धन गरेको छ। नयाँ गठबन्धन बनेपछि अहिले संघदेखि प्रदेशसम्म कांग्रेसले सबै सरकार गुमाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved