कांग्रेस इतर समूहको बैठक बालुवाटारमा सुरु, विश्वप्रकाश र प्रदीपलाई बोलाइएन

नेपालभ्युज

कांग्रेस इतर समूहको बैठक बालुवाटारमा सुरु, विश्वप्रकाश र प्रदीपलाई बोलाइएन

काठमाडौं। नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक काठमाडौंमा सुरु भएको छ । बालुवाटारस्थित नेता डा. शेखर कोइरालाको सम्पर्क कार्यालयमा बैठक सुरु भएको हो ।

बैठकमा निर्वाचनको समिक्षा गर्दै पछिल्लो राजनीतिक घटनाक्रम बारे छलफल गर्ने जनाइएको छ । बैठकमा पुस २२ गते बस्न गइरहेको केन्द्रीय कार्यसमिति बैठकमा समूहका तर्फबाट प्रस्तुत हुने विषयमा पनि छलफल हुने बताइएको छ ।

बैठकमा इतर समूहको नेतृत्व गर्दै आएका नेता कोइरालासँगै उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार, नेताहरू अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा. मीनेन्द्र रिजाल, डा. चन्द्र भण्डारी, दिलेन्द्रप्रसाद बडू, हृदयराम थानी, सरिता प्रसाईंलगायत नेताहरू सहभागी छन् ।

विश्वप्रकाश र प्रदीपलाई खबर पुगेन

इतर समूहको बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल भने अनुपस्थित छन् । संसदीय दलको निर्वाचनमा महामन्त्री गगन थापाको पक्षमा खुलेका शर्मा र पौडेललाई भने खबर नगरेको बताइएको छ ।

इतर समूहका एक नेताका अनुसार दुवैजना नेतालाई बैठकमा नबोलाइएको हो । शर्मा र पौडेलले कांग्रेसमा रूपान्त्रण आवश्यक रहेको भन्दै संसदीय दलको निर्वाचनमा गगन थापालाई समर्थन गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved