कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक, चुनावको समीक्षा गर्ने

नेपालभ्युज

कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक, चुनावको समीक्षा गर्ने

काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पुस २२ गते दिउँसो एक बजेका लागि बैठक बोलाएको मुख्यसचिव कुष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समीक्षा र समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेसले जनाएको छ । संंस्थापन इतर समूहका नेताहरूले पार्टी नेतृत्वको कमजोरीका कारण गठबन्धन टुटेको बताएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन तोडेर नेकपा एमालेसँग सहकार्य गरेपछि सभापति शेरबहादुर देउवा घेराबन्दीमा परेका छन्।

देउवाको कार्यशैलीका कारण कांग्रेस पहिलो पार्टी बन्दा पनि प्रतिपक्षमा बस्नुपर्ने अवस्था आएको आरोप नेताहरूको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved