कार्यविधि विपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन

गृह मन्त्रालयले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ विपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएको छ। गृहमन्त्री रवि लामिछानेको निर्देशनमा गृह मन्त्रालयले सो निर्देशन जारी गरेको हो।

नेपालभ्युज

कार्यविधि विपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन

काठमाडौं। गृह मन्त्रालयले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ विपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएको छ।

गृहमन्त्री रवि लामिछानेको निर्देशनमा गृह मन्त्रालयले सो निर्देशन जारी गरेको हो। विशिष्ट व्यक्तिकाको सुरक्षाको लागि सुरक्षाकर्मी दिइने भए पनि कतिपयले निजी काममा समेत प्रयोग गराउँदै आएका छन्।

मंगलबार मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणीन्द्रमणि पोखरेलले एक विज्ञप्ति जारी गर्दै मातहत सुरक्षा निकायलाई निर्देशन दिइएका हुन्।

उक्त कार्यविधिमा तोकिए अनुसारका बहालवाला तथा पूर्व कर्मचारी\ सुरक्षाकर्मीले निजी सुरक्षाकर्मीको सुविधा पाउने व्यवस्था छ। ‘‘उक्त कार्यविधिमा व्यवस्था गरिएकोभन्दा विपरीत सेवा सुविधा लगायत व्यक्तिगत सुरक्षाकर्मी, सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न मातहत सुरक्षा निकायलाई निर्देशन गरी सकिएको हुँदा उक्त कार्यविधि पालना गर्न सहयोग गरिदिनुहुन सबैमा अनुरोध छ,’’ विज्ञप्तिमा उल्लेख छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved