बहिर्गमनको डिलमा देउवा : सम्मानजनक बनाउलान् कि दु:खान्त ?

हिजोजस्तो कांग्रेस भए लोकतन्त्र हुने नत्र नहुने युग अब छैन । नयाँ-नयाँ लोकतान्त्रिक विकल्पको उदय भएको छ, हुन सक्दछ । कांग्रेस कमजोर हुनुको सबैभन्दा ठूलो घाटा कांग्रेसीलाई नै हुनेछ । सम्भवत: कांग्रेसमा अब एउटा यस्तो क्षण आइसकेको छ कि देउवाले आफ्ना दु:खान्तहरूको गम्भीर आत्मसमीक्षा गर्दै सम्मानजनक बहिर्गमन वा राजनीतिक निवृतिको बाटो अवलम्बन गर्न उचित हुन्छ । अन्यथा उनको बुढ्यौली र असक्षमताको भारले कांग्रेस थला पर्दै जानेछ ।

बहिर्गमनको डिलमा देउवा : सम्मानजनक बनाउलान् कि दु:खान्त ?

काठमाडौं। संसदीय राजनीतिको गणित र आन्तरिक व्यवस्थान क्षमताका महारथी मानिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यसपटक भने नराम्रोसँग पछारिएका छन्। बाह्य र जनमुखी राजनीतिमा देउवाको क्षमता सधैं शंकाको घेरामा थियो ।

देउवा न राम्रो वक्ता हुन् न राम्रा लेखक न प्रखर बौद्धिक क्षमता भएका व्यक्ति । न जनतामा लोकप्रिय व्यक्तित्व, न प्रभावकारी संगठक न कुशल कार्यसम्पादन क्षमता भएका असल प्रशासक । उनी कुनै नविनतम् परिकल्पना र योजनाका स्वप्नद्रष्टा पनि होइनन्,  सादगी र सदाचार राजनीतिका प्रतिमूर्ति त झन् हुँदै होइनन् ।

राजनीतिक व्यक्तित्वमा हुनुपर्ने यस्ता कुनै मानकले देउवाको व्यक्तित्वमा कसी लगाउन सकिँदैनथ्यो । तथापि, नेपाली राजनीतिमा उनी औसतभन्दा धेरै उच्च पद, ओहोदा, अवसर र राजकीय प्रतिष्ठा प्राप्त गर्ने व्यक्ति बनिरहेका थिए । उनी दुई-दुई पटक नेपाली कांग्रेसजस्तो ठूलो, पुरानो लोकतान्त्रिक पार्टीको सभापति भए। पाँचपटक प्रधानमन्त्री भइसके ।

यसपटक उनको लडाइँ छैठौंपटक प्रधानमन्त्री हुनका लागि थियो । उनी ७६ वर्षको उमेरमा छैठौंपटक र अन्तिममा सातौंपटकको प्रतिस्पर्धाका लागि निस्कन्टक र चुनौतीहीन प्रधानमन्त्री बन्न चाहन्थे । २०४८ साल यताका सबै आम निर्वाचन जित्ने, ७ पटक सांसद हुने रेकर्ड नेपालमा उनको नाममा मात्रै छ ।

देउवाले प्राप्त गरेका यी उच्च पद र अवसर हेर्दा उनमा कुनै क्षमता नै नभएको भन्न अवश्य मिल्दैन । तर, उनको क्षमता माथि उल्लेख गरिएको भन्दा फरक प्रकारको थियो ।

उनी पार्टी र राज्यभित्र ट्वाक्कटुक्क मिलाउन सक्ने, प्राविधिक सुक्ष्म व्यवस्थापन गर्न सक्ने, स्वार्थ समूहहरूको सन्तुलन कायम गर्न सक्ने, माग्नेलाई दिन सक्ने, बाँडेर खान सक्ने, गुट सञ्चालन र संरक्षण गर्न सक्ने, आर्थिक जोहो गर्न सक्ने, मान्छेलाई व्यक्तिगत गुन लगाएर आफूलाई शक्तिका टिकाइरहन सक्ने एक ‘प्रविधिक’ नेता थिए।

उनी देश र जनतालाई चाहिने उदात्त व्यक्तित्व थिएनन् । तर, प्रक्रियाभित्रको खेलमा आफूलाई यसरी टिकाएका थिए, कि उनको उपस्थिति चुनौतीहीन मात्र हैन, वैरागलाग्दो जस्तो भइसकेको थियो ।

अनुमान र विश्वासको कुरा मात्रै हैन, देउवाको खास क्षमता नै यथार्थमा त्यही थियो। उनी देश र जनतालाई चाहिने उदात्त व्यक्तित्व थिएनन् । तर, प्रक्रियाभित्रको खेलमा आफूलाई यसरी टिकाएका थिए, कि उनको उपस्थिति चुनौतीहीन मात्र हैन, वैरागलाग्दो जस्तो भइसकेको थियो ।

यसपटक उनको पराजयको आकांक्षा जनतामा तीव्र थियो । तसर्थ, उनलाई चुनौती दिन गुल्मीबाट डडेलधुरा पुगेका एक नवयुवा सागर ढकाललाई मिडिया, सामाजिक सञ्जाल र सार्वजनिक जीवनले उच्च महत्त्व र चर्चा दियो । यदि, नढाँटी भन्ने हो भने सागर ढकालको जितको कामना उनका लागि भन्दा पनि देउवाको हारको कामनाबाट लक्षित थियो ।

डडेलधुरामा देउवा हारे उनको बैरागलाग्दो बारम्बारको शासनबाट देशले नै मुक्ति पाउँथ्यो भन्ने भावना देशभरि व्याप्त थियो। सीमान्तको दुर्गम जिल्ला डडेलधुरामा त्यस्ता अनेक प्राविधिक र सूक्ष्म व्यवस्थापनका सूत्र क्रियाशील भए, जसले गर्दा ‘नो, नट अगेन’ को अभियान पनि त्यहाँ प्रभावशाली हुन सकेन ।

त्यसो त यो कुरा देउवाका लागि मात्रै हैन, देशका अरु तथाकथित शीर्ष भनिएका नेताको हकमा पनि लागू हुन्थ्यो । काठमाडौंलगायत देशका कुनै शहरी क्षेत्रमा हुन्थे वा देशभरिको मतले जित्नुपर्ने हुन्थ्यो भने यी नेताहरू यसपटक सायदै अघि बढ्न सक्ने अवस्थामा थिए ।

गाउँमा जुन प्रकारको पार्टी सञ्जाल र संरक्षकत्वको राजनीति हुन्छ, आर्थिक र प्रशासनिक प्रभाव पर्छ, सत्तामा बस्नेले जुन प्रकारले आश्वासन र प्रलोभन बाँड्न पाउँछन्, त्यसको प्रभाव रह्यो होला । अन्यथा सागर ढकालले पाएको भोट त्यति कमजोर पनि हैन ।

कांग्रेस संसदीय दलको चुनावलाई देशले उत्तिकै महत्वका साथ हेरिरहेको थियो, जति डडेलधुराको चुनावलाई । तर, कांग्रेस संसदीय दलभित्रको अंक गणितमा देउवाको जित अस्वाभाविक थिएन । त्यसले उनको लोकप्रियतालाई हैन, त्यही प्राविधिक तथा सूक्ष्म व्यवस्थापनको क्षमतालाई सिद्ध गर्दथ्यो ।

टिकट वितरण, समानुपातिक उम्मेदवारको सूची निर्माण र छनोटको समयदेखि नै जुन सूक्ष्म व्यवस्थापन भएका थिए, संसदीय दलको चुनावको परिणाम त्यसैअनुरूप आउने सबैलाई थाहा थियो । देउवालाई तिनैले संसदीय दलको नेता छानेका थिए, जसलाई पहिले देउवाले नै छानेका थिए ।

नेपालको संसदीय लोकतन्त्र भारत अझ बिहारबाट सिको गरिएको एक प्रकारको सीमित, औपचारिक, संकुचित, प्रयोजित हो भन्नेमा सायदै विमति होला । यस्तो लोकतन्त्रमा देउवाको प्राविधिक सूक्ष्म व्यवस्थापन क्षमताले कमाल गर्ने नै भयो ।

पहिला आफैँले छानेकाबाट फेरि आफैँ निर्वाचित हुनु देउवाको मात्रै हैन, देशको राजनीतिक प्रणाली र संस्कृतिको आम प्रचलन हो । अरु पार्टीले त संसदीय दलका नेताको वैधानिक चुनाव गराउने आँटसमेत गरेनन् वा आवश्यक ठानेनन् । पुरानो लोकतान्त्रिक दलको इज्जत धान्न कै लागि सही कांग्रेसमा भने त्यो भयो । त्यसका लागि देउवालाई धन्यवाद दिनुपर्छ । तर, संसदीय दलको नेताको चुनावमा उनका प्रतिस्पर्धी महामन्त्री गगन कुमार थापाले २५ मत पाए ।

सागर ढकालले डडेलधुरामा पाएको मत र संसदीय दलमा गगन थापाले पाएको मतको भार वा अनुपात खासै फरक हैन । दक्षिण एसियाली लोकतन्त्रको अन्तर्निहित चरित्रमा पार्टीभित्रको नियोचित पकड वा कब्जाले विशेष अर्थ राख्दछ भन्ने सबैलाई थाहा छ ।  नेपालको संसदीय लोकतन्त्र भारत अझ बिहारबाट सिको गरिएको एक प्रकारको सीमित, औपचारिक, संकुचित, प्रयोजित हो भन्नेमा सायदै विमति होला । यस्तो लोकतन्त्रमा देउवाको प्राविधिक सूक्ष्म व्यवस्थापन क्षमताले कमाल गर्ने नै भयो ।

जतिसुकै शक्तिशाली, चतुर र सूक्ष्म व्यवस्थापन क्षमताको किन नहोस्, व्यक्तिका केही प्राकृतिक सीमा हुन्छन् । सृष्टिका केही यस्ता नियम छन, जसले आफैँ कैयौं, वेथिति, असमानता र विसंगतिको सन्तुलन गरिरहेको हुन्छ । कवि शिरोमणि लेखनाथ पौडेलले ‘कसैको लोकमा छैन एकनाश समुन्नति, अरुको के कुरा हेर, सन्ध्यामा सूर्यको गति’ त्यसै लेखेका अवश्य हैनन् ।

देउवाका ज्योतिष झुठो सावित भइसके, सातपटक भनेका थिए, पाँचपटकमै देउवा सीमित भए, उनको प्रधानमन्त्री हुने सम्भावना सधैँलाई समाप्त भयो अझै यसो भन्न सकिन्न । संसदीय लोकतन्त्रको अंक गणित र अनिश्चितताबीच कतिखेर के हुन्छ कसैले भन्न सक्दैन । यो सबैले सजिलै अनुमान गर्न सक्ने संसदीय लोकतन्त्रको आम चरित्र हो ।

तर, यसपटक हाम्रा सम्वैधानिक मान्यता र प्रावधान केही फरक र विशिष्ठ छन् । कम्तीमा २ बर्ष अविश्वासको प्रस्ताव आउँन सक्दैन । यद्यपि, यो हात्तीलाई बाँध्ने परालको डोरी भनेजस्तै हो । दुई वर्षसम्म अविश्वासको प्रस्ताव आउन नपाउने भए पनि दलहरूले समर्थन फिर्ता लिएमा विश्वासको प्रस्ताव लिनुपर्ने अवस्था आउन सक्छ ।

देउवाले कांग्रेसका अवसर जोगाउनका लागि वैकल्पिक गणितको जोहो गर्न समानान्तर अन्य प्रयास किन गरेनन्, यो प्रश्नले कांग्रेसभित्रैबाट देउवालाई लखेट्न थाल्नेछ । कम्युनिस्टहरूले अझ विशेषतः माओवादीले धोका दियो भनेर यसको जवाफ पूरा हुँदैन ।

तसर्थ, अहिलेको सरकार पाँच वर्ष नै रहन्छ वा कम्तीमा २ वर्ष ग्यारेन्टी छ भनेर दाबी गर्ने आधार छैन । यो मूलतः यसका साझेदार दलहरूको परस्पर सहमति र विश्वासमा भर पर्नेछ । तसर्थ, छैटौंपटक प्रधानमन्त्री खाने आशा सायद देउवाले अझै छोडेका छैनन् । तर, उनी कतिपटक प्रधानमन्त्री होलान् वा हुनेछन् भन्ने प्रश्न अब गौण हुँदै गएको छ । अरु नै नैतिक र राजनीतिक प्रश्नको घेरा बन्ने र हावी हुने स्थिति छ, जसको व्यूहबाट उम्किन अब देउवालाई सजिलो हुने छैन।

‘प्रि–इलेक्सन एलाइन्स’ का बाबजुद पाँचदलीय गठबन्धन किन टिकेन, देउवाले कांग्रेसका अवसर जोगाउनका लागि वैकल्पिक गणितको जोहो गर्न समानान्तर अन्य प्रयास किन गरेनन्, यो प्रश्नले कांग्रेसभित्रैबाट देउवालाई लखेट्न थाल्नेछ । कम्युनिस्टहरूले अझ विशेषतः माओवादीले धोका दियो भनेर यसको जवाफ पूरा हुँदैन । एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चाजस्ता केही साना कम्युनिस्ट दलहरू कांग्रेसकै फेवरमा थिए ।

कम्युनिस्ट र गैरकम्युनिस्ट ध्रुवीकरण नै भएको हो भने पनि संसदमा गैरकम्युनिस्टहरूको बहुमत थियो । १४६ सांसद गैरकम्युनिस्ट पृष्ठभूमिका छन् । यसपटकको सरकारलाई गत चुनावको वामगठबन्धनको सरकार भनेजस्तो वामपन्थी मात्रैको भन्न सकिन्न । यसपटक कम्युनिस्ट र गैरकम्युनिस्ट दुवै खाले दल मिलेर प्रचण्ड नेतृत्वको सरकार बनाएका छन् । यो मूलतः गैरदेउवा वा गैरकांग्रेसी सरकार हो ।

देउवाले कांग्रेसको हित परिलक्षित हुने गरी गठबन्धन जोगाउन त सकेनन् सकेनन्, पार्टीलाई राजनीतिक तथा नैतिक संकटमा समेत फसाइदिएका छन् । उनले कांग्रेसभित्र ‘प्रि–इलेक्सन एलाइन्स’ को प्रतिरक्षा गर्दै आएका थिए । फलतः एक्लै देशभरि प्रतिस्पर्धा गर्दै आएको दलको उम्मेदवारी ९१ सिटमा सीमित भयो । त्यसैमा पनि गठबन्धन प्रभावकारी भएन । समानुपातिक तर्फ कांग्रेसले ६–७ लाख भोट गुमायो ।

मानौं कि कांग्रेस झन् झन् कमजोर हुँदै गयो, छिमेकी देश भारतको राष्ट्रिय कांग्रेसजस्तै त्यसले देशलाई केही फरक पर्ला जस्तो लाग्दैन । हिजोजस्तो कांग्रेस भए लोकतन्त्र हुने नत्र नहुने युग अब छैन । नयाँ-नयाँ लोकतान्त्रिक विकल्पको उदय भएको छ, हुन सक्दछ । कांग्रेस कमजोर हुनुको सबैभन्दा ठूलो घाटा कांग्रेसीलाई नै हुनेछ ।

देउवाले जे जसरी कांग्रेस चलाए वा चलाइरहेका छन, के यसरी कांग्रेसको अस्तित्व कायम रहन सक्ला ? यो देउवाका लागि सबैभन्दा ठूलो प्रश्न हो । मानौं कि कांग्रेस झन् झन् कमजोर हुँदै गयो, छिमेकी देश भारतको राष्ट्रिय कांग्रेसजस्तै त्यसले देशलाई केही फरक पर्ला जस्तो लाग्दैन । हिजोजस्तो कांग्रेस भए लोकतन्त्र हुने नत्र नहुने युग अब छैन । नयाँ-नयाँ लोकतान्त्रिक विकल्पको उदय भएको छ, हुन सक्दछ । कांग्रेस कमजोर हुनुको सबैभन्दा ठूलो घाटा कांग्रेसीलाई नै हुनेछ ।

सम्भवत: कांग्रेसमा अब एउटा यस्तो क्षण आइसकेको छ कि देउवाले आफ्ना दु:खान्तहरूको गम्भीर आत्मसमीक्षा गर्दै सम्मानजनक बहिर्गमन वा राजनीतिक निवृतिको बाटो अवलम्बन गर्न उचित हुन्छ । अन्यथा उनको बुढ्यौली र असक्षमताको भारले कांग्रेस थला पर्दै जानेछ ।

अवसरका लागि जुन गुटले उनलाई उक्साउँदै आएको थियो, अवसरविहीनताको अवस्थामा त्यो उनीसँगै लामो समय रहन्छ भन्ने ग्यारेन्टी छैन । उनकै गुट पनि अब कमजोर हुँदै जानेछ । भविष्यको सम्भावना र अवसरलाई हेरेर गुट परिवर्तन गर्ने, पार्टीको आन्तरिक शक्ति समीकरण नै फेरिने अवस्थाको सामना पनि उनले गर्नुपर्ने हुन सक्दछ ।

कांग्रेसभित्र यतिखेर देउवाले पार्टी सभापति र संसदीय दलको नेताबाट राजीनामा दिनुपर्ने, अन्यथा विशेष महाधिवेशन बोलाइने सम्मका कठोर आवाज उठेका छन् । यी आवाज तत्काललाई झिनै भए पनि भविष्यमा बढ्दै जान सक्छन् । वैधानिक हिसाबले अझै ४ वर्ष कांग्रेसको नेतृत्व गर्नबाट देउवालाई कसैले रोक्न सक्दैन । किनकि, पार्टी सभापति र संसदीय दलको नेता दुवै पद उनलाई कसैले किस्तीमा हालेर दिएका हैनन्, आन्तरिक निर्वाचनबाट जितेका हुन् ।

तर, ४–५ वर्षमा कांग्रेसको हालत के होला ? के कांग्रेसले देउवाकै नेतृत्वमा शसक्त प्रतिपक्षको भूमिका गर्न सक्ला ? के कांग्रेसको पुनर्जीवन र सशक्तीकरण सम्भव होला ? यसै भन्न सकिन्न। कांग्रेसको विधानअनुसार उनी तेस्रोपटक पार्टी सभापति हुन सक्ने छैनन् । तसर्थ, यो उनको अन्तिम सभापतित्व हो । अन्तिम सभापतित्वकालमा कांग्रेस उल्लेखनीय रूपमा कमजोर भएको अपजस इतिहासभरि बोक्नुभन्दा देउवाले सम्मानजनक बर्हिमगनको बाटो रोज्नु उपयुक्त होला ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved