आगामी सरकारमा एमालेको नेतृत्व विष्णु पौडेलले गर्ने !

उपाध्यक्ष पौडेलले नै उपप्रधानमन्त्रीसहित सरकारको नेतृत्व गर्ने तयारी भइरहेको एमाले स्रोतले जनाएको छ । अहिलेको गठबन्धन बनाउन सक्रिय भूमिका खेलेको र प्रचण्डसँग मिलेर काम गर्न सक्ने भएकाले पनि एमालेले पौडेललाई नै नेतृत्वमा पठाउने सम्भावना रहेको नेताहरु बताउँछन् । 

नेपालभ्युज

आगामी सरकारमा एमालेको नेतृत्व विष्णु पौडेलले गर्ने !

काठमाडौं । नेकपा एमालेबाट आगामी सरकारमा उपाध्यक्ष विष्णु पौडेलले नेतृत्व गर्ने सम्भावना देखिएको छ । उपल्लोस्तरका अधिकांश नेता चुनावमा पराजित भएकाले जितेकामध्ये नेतृत्वकालागि पौडेल नै मुख्य दाबेदार छन् ।

अर्का उपाध्यक्ष सुवास नेम्वाङ राष्ट्रपति हुने दाउमा छन् । त्यसैले उपाध्यक्ष पौडेलले नै उपप्रधानमन्त्रीसहित सरकारको नेतृत्व गर्ने तयारी भइरहेको एमाले स्रोतले जनाएको छ ।

अहिलेको गठबन्धन बनाउन सक्रिय भूमिका खेलेको र प्रचण्डसँग मिलेर काम गर्न सक्ने भएकाले पनि एमालेले पौडेललाई नै नेतृत्व गरेर पठाउने सम्भावना रहेको नेताहरु बताउँछन् ।

यद्यपी एमाले स्रोतका अनुसार पौडेलले आफूले भनेअनुसारको टिम पठाए मात्रै नयाँ सरकारमा एमालेको नेतृत्व गरेर जाने बताएका छन् । उनको टिममा अरु को हुन्छन् भन्ने अझै स्पष्ट भइसकेको छैन ।

भोलि प्रधानमन्त्रीको शपथ अगाडी नै एमालेले पार्टीबाट सरकारको नेतृत्व गर्ने नेता टुङ्गगो लगाइसक्ने बताइएको छ । पौडेल सरकारमा जान अनिच्छुक देखिए उपमहासचिव पृथ्वी सुब्बा गुरुङले  एमालेको नेतृत्व गर्ने सम्भावना छ ।

चुनाव जितेकामध्ये पौडेल र नेम्वाङपछि गुरुङ नै एमालेको वरिष्ठ पदमा छन् । अहिलेको समीकरण बनाउन पनि योगदान रहेकाले पौडेल नभए गुरुङको नेतृत्वमा एमाले सरकारमा जाने सम्भावना  छ ।

एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली चुनावमा पराजित भएका थिए । उपाध्यक्ष अस्टलक्ष्मी शाक्य, रामबहादुर थापा  र युवराज ज्ञवाली तथा उपमहासचिव विष्णु रिमाल भने चुनावमा उठेनन् ।

सचिव गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, टोपबहादुर रायमाझी र योगेश भट्टराई मन्त्री बन्ने लाईनमा छन् । यद्यपी छविलालको सभामुख हुने पनि चर्चा भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved