प्रकाश सपुत र लक्ष्मी आचार्यको ‘लाई हेल कालो टिको’ सार्वजनिक (भिडियो)

नेपालभ्युज

प्रकाश सपुत र लक्ष्मी आचार्यको ‘लाई हेल कालो टिको’ सार्वजनिक (भिडियो)

काठमाडौं । गायक प्रकाश सपुत र गायिका लक्ष्मी आचार्यको देउडा गीत ‘लाई हेल कालो टिको’ सार्वजनिक भएको छ ।  गीतको भिडियो गायिका आचार्यले आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेकी हुन् ।

सुदूरपश्चिमको कला र संस्कृति समेटिएको उक्त गीतको भिडियोमा  गायक सपुत र गायिका आचार्यले नै अभिनय गरेका छन् । देउडा गायक नरेन्द्रराज रेग्मीको शब्द  तथा सङ्गीत रहेको उक्त  भिडियोको निर्देशन मौसम हिमालीले गरेका हुन् ।

यस्तै, भिडियोको छायाङ्कन नवराज उप्रेती, सम्पादन प्रवीण भट्ट, सह–निर्देशन विशाल घिमिरे र एरेञ्ज, मिक्सिङ्क र सम्पादन श्यामश्ववेत रसाइलीको छ।

गायक  सपुतले सुदूरकै कलाकारले जस्तै गरी गीत गाउन नसके पनि आफुले पहिलो पटक देउडा गीत गाएकोले यसलाई एउटा कोशिस र सांस्कृति सहिष्णुता सम्झेर स्विकार्न अनुरोध गरेका छन् ।

‘दोहोरी साझमा कार्यरत रहदा सबै खालका गित गाईयो । त्यहि बेला जानिनजानी देउडामा दोहोरी पनि खुब खेलीयो तर यसरी अफिसियल रेकर्ड भने भएको थिएन । यसपाली अग्रज नरेन्द्रराज रेग्मी ज्युको संकलन रहेको “लाईहेल कालो टिको” गीतलाई गायिका लक्ष्मी आचार्यले रि रेकर्ड गराई मलाई आवाज भर्ने अवसर दिनु भएको छ । सुदुरकै कलाकारले गाए जस्तो त पटक्कै नहुने रहेछ । यसलाई एउटा कोसिस र सांस्कृतिक सहिष्णुता सम्झेर स्विकारीदिनु होला ।’ सपुतले फेसबुकमा लेखेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved