एमाले गण्डकीको संसदीय दलको नेता चयन आइतबार

नेपालभ्युज

एमाले  गण्डकीको संसदीय दलको नेता चयन आइतबार

काठमाडौं । नेकपा एमालेले गण्डकी प्रदेशमा संसदीय दलको नेता आइतबार चयन गर्ने भएको  छ।

एमालेका एक प्रदेश सांसदका अनुसार एमालेले स्थायी कमिटी सदस्य एवं संगठन विभाग प्रमुख खगराज अधिकारीलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गर्ने भएको छ।

उनले भने, ‘संसदीय दलको नेता खगराज अधिकारी सर्वसम्मत हुनुहुन्छ, यसमा हाम्रो पार्टीभित्र कुनै विवाद छैन । ’

उक्त प्रयोजनका लागि एमालेले आइतबार  निर्वाचित सांसदहरूलाई पोखरा बोलाएको छ।

संसदीय दलको बैठक बोलाएर नेता चयन गर्न प्रक्रिया अघि बढाउने र भोलि नै संसदीय दलका नेता चयन हुने एमाले गण्डकीले जनाएको छ ।

एमाले गण्डकीमा  २२ जना सांसद छन्। जसमध्ये १२ जना प्रत्यक्ष र १० जना समानुपातिकबाट निर्वाचित भएका हुन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved