भ्रष्टाचार प्रमाणित भएपछि एसपी यादवको जागिर चट्, ४ महिना कैद सजाय

नेपालभ्युज

भ्रष्टाचार प्रमाणित भएपछि एसपी यादवको जागिर चट्, ४ महिना कैद सजाय

काठमाडौं । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएर प्रहरी उपरीक्षक (एसपी) रामेश्वरप्रसाद यादवको जागिर गएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा कार्यरत एसपी यादवलाई सर्वोच्च अदालतले दोषी ठहर गरेको हो ।

डीएसपीका रुपमा रुपन्देहीमा हुँदा २०७० सालमा उनले आर्थिक अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पहिले विशेष अदालतमा मुद्दा हालेको थियो ।

आर्थिक अनियमितता र लागु औषध मुद्दामा पैसा लिएर मिलापत्र गराएको भन्दै आयोगले उनी र हबल्दार ढकबहादुर गुरुङविरुद्ध मुद्दा हालेको थियो। तर विशेष अदालतले सफाइ दिएपछि उनीहरु काममा फर्किएका थिए।

सरकारी वकिल कार्यालयले विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो। सर्वोच्चले मुद्दा दायर भएको करिब साढे ७ वर्षमा एसपी यादव र हबल्दार गुरुङलाई दोषी ठहर गरेको हो।

भ्रष्टाचारको कसुरमा दोषी ठहर भएसँगै उनीहरु पदबाट बर्खास्तीमा परेका छन् । सर्वोच्चले दुवैलाई चार महिनाको कैद सजाय पनि तोकेको छ । एसपी यादव यो वाहेक अन्य थुप्रै प्रकरणमा पनि मुछिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved