पार्टनरलाई बेवास्ता गरेर फोनमै डुबी राख्नुहुन्छ? त्यसो भए यो पढ्नुहोस

नेपालभ्युज

पार्टनरलाई बेवास्ता गरेर फोनमै डुबी राख्नुहुन्छ? त्यसो भए यो पढ्नुहोस

काठमाडौं ।  फोनले एकअर्कालाई जोड्ने मात्र होइन सम्बन्ध तोड्ने काम पनि गरिरहेको छ । पार्टनरसँग धेरैपटक झगडाको कारण फोन बनेको छ । मानिस आफू छेउमै बसेको व्यक्तिसँग त कुरा गर्दैनन् तर हजारौं मिल टाढा बसेको मान्छेसँग कुरा गरिरहेका हुन्छन् ।

यस्तो गर्नु जहिलेपनि सम्बन्धको लागि राम्रो होइन । यस कुराको दावा ब्रिटेनको युनिभर्सिटी अफ केन्टले एउटा अध्ययनमा बताएको छ । कसैसँग भइराख्दा पनि उसँग नभएजस्तो हुनु सम्बन्धमा नकारात्मकता हावी हुनु हो । मानिस सँगै बसेको व्यक्तिसँग कुरा गर्न छोडेर मोबाईल फोनमा आँखा गाडिराख्ने गर्छन् । यदी तपाई पनि यस्तै गर्नुहुन्छ भने सतर्क हुनुहोस् ।

ब्रिटेनको युनिभर्सिटी अफ केन्टको एउटा अध्ययनले देखाएको छ कि छेउको व्यक्तिलाई ध्यान नदिएर फोनमै गडिराख्नुले सम्बन्धमा नकारात्मक असर पर्न सक्छ । अध्ययन युनिभर्सिटीका मनोचिकित्सकहरुले गरेका थिए । उनीहरुले यस्तो कृयाकलापलाई ‘फबिंग’ नाम दिएका छन् । फबिंग बढ्दै जाँदा सम्बन्धमा दरार पैदा हुन थाल्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved