विश्वप्रकाश भन्छन्- पार्टीका कामहरूले पर्खिरहेका छन्, तत्कालै मन्त्री बन्दिनँ

‘महामन्त्री बनेको बल्ल त १ वर्ष भयो । मैले मन्त्री बन्न हतार गर्नुहुँदैन । महामन्त्री बनेको २/३ वर्ष भएको भएचाहिँ हुन्थ्यो भन्थेँ । अहिले तत्कालै मन्त्री बन्दिनँ, म पार्टीको काम गर्छु ।’

नेपालभ्युज

490762243196583

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले आफू तत्कालै मन्त्री नबन्ने घोषणा गरेका छन् । संसदीय दलको निर्वाचनपछि पत्रकारहरूसँग कुराकानी गर्दै उने भने, ‘तत्कालै मन्त्री बन्दिनँ ।’

आफूलाई पार्टीका कामहरूले पर्खिरहेको उल्लेख गर्दै उनले भने, ‘महामन्त्री बनेको बल्ल त १ वर्ष भयो । मैले मन्त्री बन्न हतार गर्नुहुँदैन । महामन्त्री बनेको २/३ वर्ष भएको भएचाहिँ हुन्थ्यो भन्थेँ ।’

सरकारमा जान इच्छा व्यक्त गर्ने नेताहरूलाई सरकारमा पठाउने सुनाउँदै उनले भने, ‘बरु मैले घोषणापत्र निर्माण समिति संयोजकको हैसियतले यसरी काम गरौँ है मन्त्रीज्यू भन्नचाहिँ सक्छु ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved