दलहरूलाई विश्वप्रकाशको सन्देश- सत्ताका लागि अर्को गठबन्धन बनाइनु हुँदैन

‘सत्ताको आकांक्षा, आग्रह-पूर्वाग्रहभन्दा माथि उठेर अहिलेको गठबन्धनलाई जोगाएर जाने कुरामा कांग्रेस, माओवादी र समाजवादीका अध्यक्षहरू गम्भीर हुनुपर्ने बेला आएको छ । सत्ताकै लागि भनेर अर्को गठबन्धन बनाउनु हुँदैन । याे गठबन्धनको मर्म होइन ।’

नेपालभ्युज

1187602978633091

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले सत्ता स्वार्थका लागि अर्को कुनै गठबन्धन बनाइनु नहुने बताएका छन् । ‍उनले भनेका छन्, ‘सत्ताकै लागि अर्को गठबन्धन बनाइनु हुँदैन ।’

मंगलबार बिहान नेपाल ट्रेड यूनियन, कांग्रेसले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गरेका उनले भनेका छन्, ‘सत्ताको आकांक्षा, आग्रह-पूर्वाग्रहभन्दा माथि उठेर अहिलेको गठबन्धनलाई जोगाएर जाने कुरामा कांग्रेस, माओवादी र समाजवादीका अध्यक्षहरू गम्भीर हुनुपर्ने बेला आएको छ । सत्ताकै लागि भनेर अर्को गठबन्धन बनाउनु हुँदैन । याे गठबन्धनको मर्म होइन ।’

उनले सबै दलले गठबन्धनको आवश्यकता र औचित्यलाई भुल्न नहुने धारणा राखे । ‘कुनै समय बहुमत प्राप्त गरेको कांग्रेस अहिले ठूलो दल हुनुमा माओवादी र समाजवादीको साथ र समर्थन छ भन्ने कुरा भुल्नु हुँदैन,’ उनले भनेका छन्, ‘माओवादी र समाजवादीका साथीहरूले पनि कांग्रेसको साथलाई भुल्नु हुँदैन । यसपछि मिलेरै अगाडि जानुपर्छ ।’

महामन्त्री शर्माले प्रधानमन्त्री आलो-पालो हुने भएकाले गठबन्धनकै प्रक्रियाभित्रबाट मिलेर जानुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved