कतारमा विश्वकप रंगशाला बनाउँदा ज्यान गुमाएका परिवारलाई विश्वसुन्दरीले सहयोग गर्ने

नेपालभ्युज

कतारमा विश्वकप रंगशाला बनाउँदा ज्यान गुमाएका परिवारलाई विश्वसुन्दरीले सहयोग गर्ने

काठमाडौं। कतारमा भएको विश्वकप फुटबलका लागि रंगशाला निर्माण गर्ने क्रममा ज्यान गुमाएका नेपालसहित अन्य मुलुकका आप्रवासी कामदारको परिवारलाई विश्वसुन्दरी प्रतियोगिताले सहयोग गर्ने भएको छ ।

मिस वर्ल्ड-२०२२ की विजेता केरोलिना बिलावस्कासहित मिस वर्ल्डका सहअध्यक्ष दीपेन्द्र गुरुङले संस्थाको सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत कतारमा रंगशाला निर्माणका क्रममा ज्यान गुमाउने एक हजारभन्दा बढी नेपाली कामदारका परिवारलाई सघाउने बताएका हुन् ।

विश्वकपको फाइनल खेल हेर्न दोहा पुगेका उनले इन्स्टाग्राम पोस्टमार्फत मिस वर्ल्डको आगामी ७१ औं संस्करणको ब्युटी विथ पर्पस कार्यक्रममार्फत मृतक कामदारका बालबच्चा, विधवा र बाबुआमालाई सम्बोधन गरिने जनाएका छन् ।

ब्युटी विथ पर्पस परियोजना विश्वसुन्दरी प्रतियोगिताको महत्वपूर्ण सबटाइटल तथा सामाजिक कार्यक्रम हो । यो परियोजना अन्तर्गत रहेर विश्वसुन्दरी प्रतियोगिताका प्रतिस्पर्धीले सामाजिक कार्य गर्दै आएका छन् ।

रंगशाला निर्माणमा खटिएका नेपालसहित भारत, पाकिस्तान, बंगलादेश र फिलिपिन्सका आप्रवासी कामदारका परिवारलाई सघाउने उनले जनाएका छन् । ‘ज्यान गुमाउने कामदारप्रति नेपाल सहानुभूति व्यक्त गर्छ,’ उनले उल्लेख गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved