एम्बाप्पेले जिते कतार विश्वकपको गोल्डेन बुट

नेपालभ्युज

एम्बाप्पेले जिते कतार विश्वकपको गोल्डेन बुट

काठमाडौं। फ्रान्सका किलियन एम्बाप्पेले कतार विश्वकपको गोल्डेन बुट जितेका छन्।

कतारको लुसेल रंगशालामा आइतबार भएको फाइनल खेलमा एम्बाप्पेले हयाट्रीक पुरा गर्दै विश्वकपमा ८ गोल पुरा गरे।

यसअघि सन् १९६६ मा ज्योफ हर्स्टले ह्याट्रिक गोल गरेका थिए। विश्वकप फाइनलमा हयाट्रिक पु्रा गर्ने किलियन एम्बाप्पे दोस्रो खेलाडी बनेका छन्।

अर्जेन्टिनाका लिओनल मेस्सी ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भए। यससँगै उनले ‘गोल्डेन बल’ जिते।

कतार विश्वकपको ‘गोल्डेन ग्लोभ्स’ भने अर्जेन्टिनाका गोलरक्षक एमी मार्टिनेजले जिते।

अर्जेन्टिनाका २१ वर्षीय एन्जो फर्नान्डेज ‘योङ प्लेयर अफ द टुर्नामेन्ट’ बने। यससँगै उनले सिल्भर बल जिते।

कतार विश्वकप–२०२२ को उपाधि भने अर्जेन्टिनाले जितेको छ। फ्रान्स उपविजेता बनेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved