विश्वकपको समापन समारोहमा सङ्गीतकार ऐशासँगै नोराको प्रस्तुति

नेपालभ्युज

विश्वकपको समापन समारोहमा सङ्गीतकार ऐशासँगै नोराको प्रस्तुति

काठमाडौं। एक महिनासम्म चलेको विश्वकप फुटबल आज आइतबार फ्रान्स र अर्जेन्टिनाबीचको फाइनलसँगै समाप्त हुँदै छ।

कतारको लुसेल रंगशालामा हुने फाइनल खेल नेपाली समयअनुसार राति पौने ९ बजे सुरु हुनेछ।

समापन समारोहमा करिब ९० हजार दर्शकको उपस्थिति रहने अनुमान गरिएको छ । खेल सुरु हुनु अगाडि हुने १५ मिनेटको औपचारिक समारोहमा कविता र सङ्गीतमार्फत विश्वलाई नै एक जुट गरेको २९ दिने प्रतियोगितालाई सम्बोधन गरिने फिफाको योजना रहेको छ।

कतारका सङ्गीतकार ऐशा र अमेरिकी–नाइजेरियाली गायक डेभिडोले विश्वकपको औपचारिक गीत ‘हैया–हैया’ प्रस्तुत गर्नेछन्।

यसपश्चात् पोटो रिकन रेगेटन गायक ओजुना र फ्रान्सेली र्‍यापर गिम्सले ‘आर्बो’ गीत प्रस्तुत गर्नेछन्।

मोरक्कन–क्यानेडियन गायिका नोरा फतेही, इमिराती पप स्टार बल्किस, इराकी सङ्गीतकार रहमा रियाद र मोरक्कन गायक मनालले ‘लाइट द स्काई’ सँगै साङ्गीतिक प्रस्तुतिको अन्त्य गर्नेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved