विश्वकप फुटबल : मोरक्कोलाई हराउँदै क्रोएसिया तेस्रो स्थानमा

शनिबार राति तेस्रो स्थानका लागि भएको खेलमा क्रोएसियाले मोरक्कोलाई २–१ गोलअन्तरले हराएको हो । सन् २०१८ को विश्वकपमा क्रोएसिया उपविजेता बनेको थियो।

नेपालभ्युज

विश्वकप फुटबल : मोरक्कोलाई हराउँदै क्रोएसिया तेस्रो स्थानमा

काठमाडौं। मोरक्कोलाई हराउँदै क्रोएसिया कतार विश्वकप फुटबलमा तेस्रो भएको छ ।

कतारको खलिफा अन्तर्राष्ट्रिय रंगशालामा शनिबार राति तेस्रो स्थानका लागि भएको खेलमा क्रोएसियाले मोरक्कोलाई २–१ गोलअन्तरले हराएको हो । सन् २०१८ को विश्वकपमा क्रोएसिया उपविजेता बनेको थियो।

क्रोएसियाको लागि जोस्को ग्वार्डियोल र मिस्लाभ ओर्सिकले गोल गरे। मोरक्कोको लागि अचरफ दारीले गोल फर्काए। सातौं मिनेटमा ग्वार्डियोलले हेडर गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए।

त्यसको २ मिनेटमै नै दारीले गोल गर्दै खेल बराबरीमा पुर्‍याए । यो दारीको पहिलो अन्तर्राष्ट्रिय गोल हो। ओर्सिकले ४२ औं मिनेटमा गोल गर्दै क्रोएसियालाई २-१ अघि बढाए । अन्तिम सेकेन्डमा मोरक्कोले बराबरी गोल गर्ने मौका गुमाएको थियो ।

विश्वकपको फाइनलमा अर्जेन्टिना र फ्रान्सबीच भोलि आइतबार प्रतिस्पर्धा हुँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved