८८ प्रतिशत वैवाहिक जोडी मान्दछन्, स्मार्टफोनले सम्बन्ध बिगारिरहेको छ

नेपालभ्युज

८८ प्रतिशत वैवाहिक जोडी मान्दछन्, स्मार्टफोनले सम्बन्ध बिगारिरहेको छ

एजेन्सी । अहिलेको समयमा स्मार्टफोन तपाईंको जीवनको एउटा ठूलो हिस्सा बनिसकेको छ । यसको फाइदा पनि छ र बेफाइदा पनि धेरै नै छन् ।

स्मार्टफोनका कारण कैयौं प्रकारका विशेषगरी मानसिक रोग उत्पन्न भइरहेका छन् । स्मार्टफोनले एकातिर दुनियाँलाई एक ठाउँमा ल्याएको छ भने अर्कोतिर नजिकका मान्छेलाई टाढा पनि बनाएको छ ।

चिनियाँ स्मार्टफोन निर्माता विभोले एउटा नयाँ अध्ययन गरेको छ । जसमा यो कुरा पत्ता लागेको छ कि भारतका ८८ प्रतिशत वैवाहिक जोडीलाई यो लाग्छ कि स्मार्टफोनका कारण उनीहरुको सम्बन्ध खराब भइरहेको छ ।

मोबाइल फोन कम्पनी विवोले साइबर मीडिया रिसर्चका साथ ‘स्मार्टफोन र मानव जीवनमा यसको प्रभाव २०२२’ मा गरिएको ‘स्वीच अफ’ नामक एउटा रिसर्चमा ६७ प्रतिशत व्यक्तिले आफू पार्टनर्ससँगै हुँदा पनि स्मार्टफोन प्रयोग गर्ने गरेको स्वीकारेका छन् ।

जसअन्तरगत ८९ प्रतिशत व्यक्तिले आफ्नो पार्टनरबीच कुराकानी एकदमै कम हुने गरेको बताएका छन् । जसमा ८८ प्रतिशतले त यो पनि स्वीकारे कि स्मार्टफोनको धेरै प्रयोगले उनीहरुको वैवाहिक जीवनलाई नै प्रभावित पारिरहेको छ ।

यो अध्ययन दिल्ली, मुम्बई, कोलकाता, चेन्नई, हैदराबाद, बैंगलोर, अहमदाबाद र पुणेमा एक हजार स्मार्टफोन युजर्सका बीच गरिएको थियो ।

जसमा यो निष्कर्ष निकालिएको छ कि एउटा स्मार्टफोन प्रयोगकर्तासँग हरेक दिन डेढ घण्टाको खाली समय हुन्छ जसमा पनि उनी आफ्नो परिवारसँग बिताउनको साटो स्मार्टफोन प्रयोगमै बिताइरहेको छ । ८९ प्रतिशत व्यक्तिलाई आफूसँग खाली समय हुँदाबित्तिकै मोबाइल प्रयोग गर्न मन लागिहाल्छ ।

स्मार्टफोनको लत घरपरिवारमै एकअर्कासँग कुराकानी गर्ने दुश्मन बनिरहेको यस अध्ययनका आधारमा ७० प्रतिशत व्यक्तिले उनीहरुले मोबाइल चलाइरहेको बेला पार्टनरले नचलाउन आग्रह गर्दा रिसाउने गरेको स्वीकारेका छन् ।

अध्ययनमा यो पनि पत्ता लागेको छ कि ८४ प्रतिशत व्यक्तिहरु आफ्नो जीवनसाथीसँग धेरै समय बिताउन चाहन्छन्, मोबाइलसँगको भन्दा पार्टनरसँगको समय रमाइलो हुन्छ भन्ने उनीहरुलाई विश्वास छ । मानिसहरु स्मार्टफोनको प्रभावमा आएको कुरा स्वीकारे पनि उनीहरु बदलिन चाहन्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved