गाउँमा उज्यालो छर्ने गजेन्द्र सर

गाउँमा उज्यालो छर्ने गजेन्द्र सर

सुर्खेतको गुर्भाकोट नगरपालिका–१४ कृष्णनगरको गुमीमा जनसंयुक्त आधारभूत विद्यालय रहेको छ । जनसंयुक्त आधारभूत विद्यालयमा पढाउँछन्, सोही ठाउँका गजेन्द्र पुन । कुनै बेला ४० जना विद्यार्थी रहेको जनसंयुक्त आधारभूत विद्यालयमा अहिले चार सय हाराहारी विद्यार्थीहरू अध्ययन गर्छन् । गजेन्द्र सर आउनुभन्दा पहिले दुई विद्यालय मर्ज गर्न लागेको बेला, स्वंयम सेवा गर्न आइपुगे गजेन्द्र सर ।

उनै गजेन्द्र सरले ४० जना विद्यार्थी रहेको विद्यालयमा पहिलो तीन महिना स्वमय सेवक भएर पढाए । गजेन्द्र सर २०७१ सालमा गाउँमा आएको बेला दुर्दशा देखेर विद्यालयको स्वमम सेवा गर्न मन लागेको लाग्यो । ‘मलाई स्कुलको अवस्था देखेर मैले यही पढाउने निधो गरेँ ।’ उनले भने, ‘पहिलो चरणमा स्वयम सेवा गरौं भनेर पढाउन थालेको पछि छोड्न मन लागेन ।’

गाउँको विद्यालयमा उज्यालो छर्नका स्वंयम सेवा गरिरहेका गजेन्द्र सरको विगतको पीडा भने कम छैन । गजेन्द्र सरको परिवार उनै सानै हुँदा बिछोडियो । उनीको पाँच भाइबहिनी रहेको परिवारमा परिवारिक विछोड हुँदा पाँच वर्षका मात्र थिए, गजेन्द्र सर । पाँच वर्षको हुँदा उनलाई उनको बहिनीलाई कसैले सुर्खेतको एसओएस बालग्राममा पुर्‍यायो । उनले कक्षा ५ सम्मको शिक्षा त्यहीँ पूरा गरे । कक्षा ६ मा पढ्नका लागि काठमाडौं गए ।

काठमाडौं पुगेपछि एन्फा एकेडेमीमा जोडिए । उनी एन्फा एकेडेमीका पहिलो ब्याज हुन् । ‘हामी एन्फाको पहिलो ब्याज हौं । मैले राम्रो फुटबल खेल्थेँ ।’ उनले भने, ‘खै किन किन हो । समय परिस्थितिले यहाँ ल्याइपुर्‍यायो ।’

काठमाडौंबाट मास्टर डिग्री पूरा गरेपछि उनले गाउँमा फर्किए । गाउँमा फर्किंदा विद्यालयको जर्जर अवस्था देखेर विद्यालयमा स्वयंसेवक भएर विद्यालय राम्रो बनाउन लागेँ । ‘म यहाँ आउँदा २०७१ सालमा चार कक्षा पढाइ हुन्थ्यो ।

विद्यार्थीलाई पढाइ भन्ने थाहा नै थिएन ।’ उनले भने, ‘गाउँमा आएर बसेँ । पहिला सेवाका लागि काम गरेको पछि विद्यार्थीको उज्यालो अनुहारमा अध्यारो अनुहार आउन दिनुहुँदैन भनेर यही सेवा मन लाग्यो ।’

गाउँको स्कुल देखेर उनले तीन महिना विद्यालयमा स्वंयमसेवा काम गरे । त्यसपछि उनलाई विद्यालय छोडेर जान मन लागेन् उनी भन्छन् । ‘अहिले नौ वर्ष भयो जान मनले मानेन । उनको नर्वे जाने योजना थियो ।’ उनले भने, ‘एनजीओमा काम गर्न जाने इच्छा थियो । तर, किन हो किन हो । मनले मानेन ।’

गजेन्द्र सर विद्यालयमा स्वयम सेवा गर्न आउँदा विद्यालयको भवन थिएन् । अहिले विद्यालयको भवन बनेका छन् । कक्षा ४ सम्म पढाइ हुने विद्यालय अहिले कक्षा ८ सम्म पढाइ हुन थालेको छ । विद्यालयमा ४ सय हाराहारी विद्यार्थी रहेका छन् । पहिले ४० जना विद्यार्थी थिए ।
अहिले बोर्डिङमा पढ्ने विद्यार्थी पनि गाउँकै स्कुलमा भर्ना हुन थालेका छन् ।

विद्यालय मर्ज गर्ने तयारीमा रहेको थियो । शिक्षक आलोपालो शिक्षकहरू आउने गरेका थिए अहिले त्यो चलन हराएको बताउँछन् गजेन्द्र सर । ‘पहिला विद्यालयमा एउटा शिक्षक आए अर्को शिक्षक नआउने । विद्यार्थीहरू एक बजे खाजा खाएर घरमा गइहाल्थे ।’ उनले भने,‘अहिले विद्यालयमा एउटा सिस्टममा चलेको छ । विद्यालयमा पढाइ पनि राम्रो हुँदै गएको छ ।

विद्यालयमा सरसफाइमा ध्यान कसैले दिँदैनथे । अहिले हामीले सधैं सफा गरी पठाउन भनेका छौं । स्थानीय रामकुमारी बुमीले बताइन् । ‘आफू पनि खटिनुहुन्छ । विद्यार्थीलाई राम्रो पढाउनुहुन्छ ।’ उनले भनिन्,‘बोर्डिङमा पठाउने भनेको अंग्रेजी हो । अन्य सेवा सुविधा हुन्छ र ?’
स्वयम सेवा गर्ने गजेन्द्र सरले अहिलेसम्म कुनै सरकारी सेवा लिएका छैनन् ।

उनी गाउँमा नै भाउजु धनमाया पुनको घरमा बस्छन् । धनमाया पनि कुनै बेला शिक्षिका थिइन् । अहिले उनी अवकाश भइसकेकी छन् । धनमायामा अहिले बाराको सिमरामा बस्छिन् । घरको सबै जिम्मा तिनै गजेन्द्र सरलाई आएको छ । ‘घरमा भैँसी, ब्राखा, कुखुरा पालिएका छन् । बिहान बेलुका घरको काम गरेर दिउँसो स्कुल जानुहुन्छ ।’ उनले भनिन्,‘घरको जिम्मा उहाँ गजेन्द्र सरको नै हो ।’

गजेन्द्र सरको तलब नै छैन । दशैं खर्चको रूपमा सरहरूले आफैँले दिने गरेको उनी बताउँछन् । ‘कहिलेकाँही भाउजूले खर्च दिनुहुन्छ ।’ उनले भने, ‘यही तरकारी उमार्छु । यही खेती गरेर यही खाएर बस्छु ।’

गजेन्द्र सरले हालसम्म विवाह नगरेको चिन्ता छ उनकी भाउजू धनमायालाई । ‘विवाह गर्नुहोस् । घर परिवार बनाउनुहोस् भन्छु उहाँलाई, तर मान्नुुहुन्न ।’ उनले भनिन्,‘उहाँले विवाह गरेँ भने तलब छैन, केही छैन कसरी विवाह गर्ने ? भन्नुहुन्छ ।’

तर, भाउजुले गजेन्द्र सरको विवाह होस् भन्ने कामना भए पनि अझै विद्यालयको सेवा गरेर बस्ने राम्रो विद्यालय बनाएर अरूको जिम्मा लगाएर अन्त जान मन भएको गजेन्द्र सर बताउँछन् । ‘यो स्कुल मायाले छाड्न सकिएन । छाड्ने भन्छु तर, विद्यार्थीहरू भागिहाल्छन् ।’ उनले भने, ‘अनि विद्यार्थीको उज्यालो अनुहार अध्यारो हुने हो कि चिन्ता लाग्छ । विद्यार्थीको अनुहारमा उज्यालो आओस् भनेर विद्यालय छोडेर मनले मान्दैन ।’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved