यी हुन् तपाईको सुन्दरता बर्बाद गर्ने ५ खराब बानी

नेपालभ्युज

यी हुन् तपाईको सुन्दरता बर्बाद गर्ने ५ खराब बानी

एजेन्सी । हामी आफ्नो छालालाई स्वस्थ र सुन्दर बनाइराख्न हरप्रयास गरिराखेका हुन्छौं तर पनि केही कुरालाई हामीले खासै ख्याल पुर्‍याउन सक्दैनौं । यसको परिणाम हाम्रो छालाले भोग्नुपर्ने हुन्छ । हेरौं त्यस्तै केही नराम्रो बानी जसले तपाईको छालालाई नोक्सान पुर्‍याइरहेको छ ।

सिरानी र ब्याक्टेरिया

यो तपाईको छालाको लागि धेरै खतरनाक हुन्छ । यदि तपाई मेकअप सफा नगरीकनै सुत्नुहुन्छ यसले तपाईको छालालाई एकदमै नोक्सान पुर्‍याउँछ । मेकअपले तपाईको छालाको रोमछिद्रहरु बन्द गरिदिन्छ ।

यदी तपाई मेकअपसँगै सुत्नुहुन्छ भने यसले तपाईको तकिया वा सिरानीमा ब्याक्टेरिया फैलिन सक्छ । जब तपाई फेरि त्यही सिरानीमा सुत्नुहुन्छ, त्यतिबेला ती ब्याक्टेरियाको संक्रमण भई अनुहारको छालालाई नोक्सान पुर्या‍उन सक्छ ।

ज्यादा कफी पिउनु

कफीले तपाईलाई उर्जावान बनाउन सक्छ, तर यसले तपाईको छालालाई भने नोक्सान पुर्‍याउँछ । कफी अधिक मात्रामा सेवन गर्दा तपाईको उमेर छिटो बढ्छ र छालामा चाउरीपना आउनथाल्छ ।

दिनमा दुई कप मात्र कफी पिउनु ठीक छ, तर तपाई जब धेरै कफी पिउन थाल्नुहुन्छ तपाईको बुढोपनको प्रक्रिया छिटै सुरु हुन्छ ।

स्पा मा धेरै समय

नियमित रुपमा स्पा लिनु पनि छालाको लागि राम्रो हुँदैन । यसले तपाईको छालाको प्राकृतिक चिल्लोपना नष्ट गर्छ । यदी तपाईलाई दिनहुँ स्पा जान मन पर्छ भने यसले तपाईको छालालाई नोक्सान पुर्‍याउँछ ।

डन्डिफोर फुटाल्नु

तपाईलाई यही लाग्छ होला डन्डफोर फुटालेपछि यसको समस्या हल हुन्छ । तर यस्तो गरेर तपाईले आफ्नो छालालाई नोक्सान पुर्‍याइराख्नु भएको हुन्छ ।

जब तपाईले डन्डिफोर फुटाल्नुहुन्छ त्यसमा उपस्थित ब्याक्टेरिया र फोहोर छालाको रोमछिद्रमा गहिरो रुपमा बस्छ, जसले गर्दा एउटा स्थायी रुपमा त्यहाँ दाग बस्छ । अझ यसले अरु डन्डफोर समेत निकाल्ने काम गर्छ ।

त्यसैले डन्डफोर फुटाल्नुको सट्टा घरेलु तरिकाबाट निको पार्ने अरु प्रयास गर्नुहोला ।

मोबाइल फोन

हामी पुरै दिनभरि जस्तो मोबाइल फोनमा बिताउँछौं । यस खबरबाट भने पुरै अनभिज्ञ छौं कि यसले तपाईको छालामा कति नराम्रो असर पारिरहेको छ । यदी तपाईको अनुहारको साइडमा कालोपन देखिन थाल्यो भने यस कुराको संकेत हो कि तपाई मोबाइल फोनमा धेरै समय कुरा गरिराख्नु भएको छ ।

मोबाइल फोनको स्क्रिनमा ब्याक्टेरिया जमेका हुन्छन् यदी तपाईले लामो समय कुरा गर्नुभयो भने ती ब्याक्टेरिया तपाईको मुहारमा डन्डफोर आउने कारण पनि बन्न सक्छ ।

यसबाट बच्ने एउटै उपाय छ तपाईले आफ्नो मोबाइलको स्क्रिन समय समयमा सफा गरिराख्नुहोस् र कुराकानीका लागि ह्यान्डस्फ्री वा हेडफोनको प्रयोग गर्नुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved